समाचार
राप्रपा तनहुँको अध्यक्षमा पुनः घर्ती निर्वाचित
तनहुँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल तनहुँ जिल्लााको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् । शनिवार मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती अध्यक्षमा निर्वाचित भएका हुन् ।नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो । घर्तीले १२७ मत प्राप्त गरेका छन् भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त...
साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
काठमाडौँ । मनिस डाँगीले गरेको एक गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । माल्दिभ्समा शुक्रबारदेखि सुरु साफ च्याम्पियनसिपको १३ औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेको छ । ६९ औं मिनेटमा मैदान प्रवेश गरेका डाँगीले ८६ औं मिनेटमा निर्णायक गोल गरेका...
काठमाडौँमा कांग्रेसको नगर अधिवेशन आज हुँदै
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज काठमाडौंमा नगरअधिवेशन हुँदैछ । एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाडौंमा आज अधिवेशन हुने कांग्रेसले जनाएको छ । दक्षिणकाली नगरपालिकाबाहेक सबै नगरमा अधिवेशन हुने कांग्रेसले जनाएको छ । दक्षिणकाली नगरपालिकाको एक वडामा अधिवेशन नभएकाले त्यहाँ अर्को मितिमा नगरअधिवेशन हुने जनाइएको...
विद्युतीय बस खरिदका लागि पुनः बोलपत्र आह्वान गर्ने बागमती सरकारको तयारी
मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तरगतको यातायात व्यवस्थापन बोर्डले विद्युतीय बस तथा विद्युतीय सवारी साधन चार्जर खरिद गर्न पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्ने तयारी गरेको छ । बोर्डले २०७७ चैत्र १८ गते विद्युतीय बस खरिदका लागि आह्वान गरेको बोलपत्र रद्द गर्दै पुनः बोलपत्र आह्वान गर्ने तयारी...
मनहरी फुटबल : आज २ खेल हुने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिमा जारी फुटबल प्रतियोगितामा शुक्रबार ३ खेल भएका छन् । मनहरी गाउँपालिका वडा नम्वर–३ हाँडीखोलास्थित सिद्धकालीमा असोज १२ गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा शुक्रबार स्थानीय ६ वटा क्लबले प्रतियोगितामा भाग लिएका थिए । सो प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा जनसिद्ध युवा क्लब ए लाई ३–०...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल भारतको दक्षिण बिहार तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा परेको छ । बागमती, गण्डकी, प्रदेश नं. २ र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । शनिबार...
मकवानपुरमा सवारी दुर्घटना बढ्दो, ६ जनाको मृत्यु
मकवानपुर । मकवानपुर सवारी दुर्घटना बढ्दै गएको छ । जिल्लामा चालु आर्थिक वर्षको साउन महिनादेखि असोज १५ गतेसम्म दुर्घटनामा परेर ६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा परेर साउन महिनामा मात्रै ४ जनाले मृत्यु भएको ट्राफिक प्रहरी मकवानपुरको तथ्याङ्कमा छ । तथ्याङ्क अनुसार,...
हेटौंडा उपमहानगरले बोलायो प्रअको बैठक
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले दशैँअघि प्रधानाध्यापक (प्रअ) हरुको बैठक बोलाएकोे छ । विद्यालयमा शिक्षण सिकाई कसरी भइरहेको छ भन्ने विषयमा बुझ्न सामुदायिक र संस्थागत विद्यालयका प्रधानाध्यापकलाई बैठक बोलाएको हो । उपमहानगरपालिकाले दशैँपछि विद्यालय खोल्ने या नखोल्ने भन्ने विषयमा समेत छलफलको लागि बैठक बोलाएको शिक्षा विकास महाशाखाका अधिकृत रामचन्द्र खड्काले...
प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना
मकवानपुर । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडाले ६६ औं प्रहरी दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी हेटौंडा शाखासँग समन्वय गरी रक्तदान कार्यक्रमको आयोजना गरेको हो । बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी...
हेटौंडाका थोकर पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध विनसाइरेक्ससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध विनसाइरेक्स १०० एमएल लेखिएको ४८ बोतलसहित हेटौंडाका एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका– ५ बस्ने २५ वर्षीय सोमबहादुर थोकर रहेका छन् । विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी...










