मनहरी फुटबल : आज २ खेल हुने
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिमा जारी फुटबल प्रतियोगितामा शुक्रबार ३ खेल भएका छन् । मनहरी गाउँपालिका वडा नम्वर–३ हाँडीखोलास्थित सिद्धकालीमा असोज १२ गतेदेखि सुरु भएको फुटबल प्रतियोगितामा शुक्रबार स्थानीय ६ वटा क्लबले प्रतियोगितामा भाग लिएका थिए ।
सो प्रतियोगितामा शुक्रबार भएको पहिलो खेलमा जनसिद्ध युवा क्लब ए लाई ३–० को गोल अन्तरले पराजित गर्दै लामा वस्ती युवा क्लब विजयी भएको छ भने दोस्रो खेलमा सयपत्री युवा क्लबलाई ३–१ को गोल अन्तरले पराजित गर्दै एफ सि पाल्दमार ११ विजयी भएको छ ।
यसैगरी, शुक्रबार नै भएको तेस्रो खेलमा एफ सि च्यापललाई ४–० को गोल अन्तरले पराजित गर्दै मसिने युवा क्लब विजयी भएको आयाजकले जानकारी दिएको छ ।
त्यस्तै, सो प्रतियोगितामा आज शानिबार दुई खेल हुने आयोजकका सल्लाकार विशाल घलानले बताए । उनका अनुसार आजको पहिलो खेल एफ सी बिजौना र एफ सी नमूना युवा क्लब (पर्दा) बीचको दिउँसो १२ः०० बजे हुनेछ भने दोस्रो खेलमा दिउसो ३ बजे केदारेश्वर युवा क्लब र मनहरी युवा क्लब रमन्टार भिड्ने छन् । प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै, सर्वोत्कृष्ट खेलाडी, विधागत उत्कृष्ट खेलाडी र म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
आयोजक क्लवका सचिव विक्रमकुमार दोङका अनुसार, प्रतियोगितामा ३ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खेलमा सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान समेत गरिने आयोजकले जनाएको छ । जनआदर्श समाज युवा मनहरी–३ ले बडादशैंको अवसरमा आयोजना गरेको मनहरी गाउँपालिका वडा स्तरीय नकाउट २०७८ फुटबल प्रतियोगिता आगामी असोज २२ गतेसम्मको सञ्चालन हुने सचिव दोङले बताए ।
