समाचार
यसरी हेर्नुहोस् साहस उर्जाको आइपीओ
काठमाडौं । साहस उर्जाको आइपीओको नतिजा सार्वजनिक भएको छ । साहस उर्जाको आइपीओ आज (आइतबार) बिहान बाँडफाड भई अपराह्न नतिजा सार्वजनिक भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार, उक्त आईपीओको नतिजा विभिन्न चार वटा वेइभसाइटबाट हेर्नु सकिनेछ । साहस उर्जाको आईपिओ...
मकवानपुरमा आज थपिए ५ जना संक्रमित, भए १० संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमण पुष्टि हुने ५ जना नै हेटौंडा उपमहानगरपालिकाका रहेका छन्...
दसैँलगत्तै १८ वर्ष मुनिका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँ लगत्तै १८ वर्षमुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताएका छन् । मन्त्री श्रेष्ठले आइतबार कान्ति बाल अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको १ करोड...
हेटौंडामा असोज २१ गते दौड प्रतियोगिता हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका र नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा दौड (रन) प्रतियोगिता हुने भएको छ । बिजया दशमी २०७८ को अवसरमा आगामी असोज २१ गते घटस्थापनाको दिन दौड प्रतियोगिता हुने भएको हो । आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहीले सो कुरा...
एमाले पदाधिकारी संख्या १५ हुने
काठमाडौं । नेकपा एमाले पदाधिकारी संख्या १५ हुने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव पौडेलले उठेको प्रश्नको जवाफ दिँदै सो कुराको जानकारी दिएका हुन् । पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन । तर, समूहगत छलफलपछि जवाफ दिने क्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव...
आज यी स्थानहरुमा वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुनको अवधि सकिए पनि मनसुन बाहिरिन भने अझै समय लाग्ने जानकारी दिएको छ । विभागले यस वर्षको मनसुनको समयावधि अक्टोबर २ सम्म तोकेको भएपनि मनसुनको प्रभाव अझै कायम रहने जनाएको हो । अझै पनि नेपालमा मनसुनको पूर्वीय वायु नै सक्रिय...
हेटौंडामा निःशुल्क मुटुरोग शिविर, ६०० जनाले लिए सेवा
मकवानपुर । हेटौंडा अस्पतालमा शनिबार भएको निःशुल्क मुटुरोग शिविरमा ६ सय जनाले सेवा लिएका छन् । मदनमण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित उक्त अस्पतालमा शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र बासबारी काठमाडौंका मुटुरोग विशेषज्ञ चिकित्सकहरुले बिरामीहरुको जाँच गरेका थिए । निःशुल्क सेवा लिएका ६ सय नाममध्ये ८० प्रतिशत नागरिकमा मुटु समस्या...
भीमफेदी–६ मा सवालगत कार्यबाट बहिर्गमन कार्यशाला
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा सवालगत कार्यबाट बहिर्गमन कार्यशाला सम्पन्न भएको छ । फियान नेपाल र भिमसेनस्थान खाद्य अधिकार सञ्जाल भीमफेदीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कर्याक्रम भिमसेनस्थान खाद्य अधिकार सञ्जाल भिमफेदीका संयोजक चन्द्रसिंह वाइबाको अध्यक्षता तथा भीमफेदी–६ का वडाध्यक्ष सिताराम थापाको प्रमुख आतिथ्यतामा...
हेटौंडामा २० जनाले गरे रक्तदान
मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका–९ वडा कमिटीको आयोजनामा रक्तदान कार्यक्रम भएको छ । कार्यक्रम शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ वडा कार्यालय रहेको भवनको सभाहलमा भएको भएको हो । कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा–९ वडा कमिटीका अध्यक्ष बिवेक दाहालको...
रक्षादेवी टोलको दोस्रो साधारणसभा सम्पन्न
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडामा रहेको रक्षादेवी टोल विकास संस्थाको दोस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको प्रमुख आतिथ्यता एवम् संस्थाका अध्यक्ष रमेश कुमार बानियाँको सभाध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा अध्यक्ष बानियाँले संस्थागत प्रतिवेदन, उपाध्यक्ष हरि...










