मकवानपुरमा आज थपिए ५ जना संक्रमित, भए १० संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमण पुष्टि हुने ५ जना नै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् ।
यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार २ सय ५६ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ९ सय ५ जना कोरोना संक्रमणमुक्त भएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जना संक्रमण मुक्त भएका छन् । संक्रमण मुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका ९ जना र मनहरी गाउँपालिकाका १ जना रहेका छन् । यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६४ जना पुगेको छ ।
मृत्यु हुनेमा हेटौंडाका १ सय १६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
