राप्रपा तनहुँको अध्यक्षमा पुनः घर्ती निर्वाचित
तनहुँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल तनहुँ जिल्लााको अध्यक्षमा पुनः विनोद घर्ती निर्वाचित भएका छन् । शनिवार मतदानबाट अत्याधिक मत प्राप्त गरी घर्ती अध्यक्षमा निर्वाचित भएका हुन् ।नेतृत्व चयनका लागि सर्वसम्मत नभएपछि मतदान गरिएको थियो । घर्तीले १२७ मत प्राप्त गरेका छन् भने प्रत्यासी सीता थापाले ६९ मत प्राप्त गरेका छन् ।
राप्रपाको जिल्ला अधिवेशन भदौ ३० गते उद्घाटन भएको थियो । अध्यक्षमा सहमति हुन नसकेपछि अधिवेशन स्थगित भएको थियो । सदस्यहरू यसअघि नै सर्वसम्मत चयन भइसकेका छन् । उपाध्यक्ष, सचिव लगायतका पदाधिकारी भने अध्यक्षले मनोनित गर्ने व्यवस्था छ । राप्रपाले पार्टी विस्तारको अभियानलाई समेत तीब्रता दिइरहेको छ । केही जिल्लामा जनताको मनोभावना बुझेर नेतृत्वमा पुरानै व्यक्तिलाई जिम्मेवारी दिइएको छ भने केही जिल्लामा नयाँ नेतृत्व चयन गरिएको छ ।
