ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु
स्याङ्जा । स्याङजामा ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग १ त ३१६८ नंको ट्याक्टरको ठक्कले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ४५ वर्षीया माया विक रहेका छन् । प्रहरीका अनुसार, विक ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका थिए ।
घाइते उनको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा गएराति मृत्यु भएको हो । बिहीबार साँझ साढे ५ः०० बजेको समयमा ओरालोमा रोकिराखेको ट्याक्टर आफैँ अगाडि बढ्न जाँदा विकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी विकको उपचारका क्रममा मृत्यु भएको अस्पतालले घोषणा गरेको छ । ट्याक्टर चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
