हेटौंडामा नागरिक सुनुवाई कार्यक्रम

तु खबर संवाददाता
२०७८ आश्विन १४, बिहीबार १८:२६

मकवानपुर । वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराले नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ । वडा प्रहरीले आज (बिहिबार) सामुदायिक प्रहरी उपकेन्द्र हेटौंडा–१० बसपार्कमा नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम सामुदायिक प्रहरी सेवा उप केन्द्र हेटौंडा–१० बसपार्कका अध्यक्ष प्रदिप कँडेलको सभाध्यक्षता तथा मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक कृष्ण प्रसाद बिष्टले वडा प्रहरी कार्यालयले हालसम्म गरेको कार्य विवरण प्रस्तुत गरेका थिए ।त्यस्तै, मकवानपुर प्रहरी प्रमुख एसपी राठौरले चाडवार्ड लक्षित सार्वजनिक तथा बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा हेटौंडा–२ का वडा सदस्य महेश्वरमान श्रेष्ठ, हेटौंडा–१० का वडा सदस्य साधना श्रेष्ठ, हेटौंडा–४ का वडा सदस्य राजेन्द्र कुमार वस्ताकोटी, आदर्श टोल विकास संस्थाका अध्यक्ष शान्ता गजुरेल, अधिकारकर्मी शर्मिला श्रेष्ठ मन्तव्य व्यक्त गरेका थिए ।