मोक्तानद्वारा विभिन्न टोल विकास संस्थालाई खेलकुद सामग्री सहयोग
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपलिका वडा नम्वर १५ का युवा खेलाडीहरुलाई नेकपा एमाले जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले खेलकुद सामग्री सहयोग गरेका छन् । नेकपा एमाले निकट युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले बिहिबार हेटौंडा–१५ का खुसी टोल विकास संस्था र हाम्रो समृद्धि टोल विकास संस्थाका युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका हुन् ।
मोक्तानले हेटौंडा–१५ का विभिन्न टोल विकास संस्थाका खेलाडीहरुलाई खेलकुद समाग्रीहरु सहयोग गर्दै आइरहेको जानकारी दिए । विकासमा क्षेत्रमा पनि निरन्तर लागिरहेका मोक्तानले युवाहरुको स्वास्थ्य क्षेत्र एवम् खेलकुद क्षेत्रको समग्र विकासमा थोरै भएपनि टेवा पुगोस् भन्ने उद्देश्यले युवाहरुलाई खेलकुद सामग्री सहयोग गर्न पाएको खुसी व्यक्त गरे ।
हेटौंडा अस्पतलका पुर्व अध्यक्ष समेत रहेका मोक्तानले आगामी दिनहरुमा पनि स्थानीय युवा र खेल क्षेत्रको विकासका लागि यस्तै किसिमका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । विकास निर्माणको क्षेत्रमा मात्र नभएर खेल क्षेत्रको विकासको लागि पनि हेटौंडास्थित रहेको विभिन्न टोल विकास संस्थाहरुलाई खेलकुद सामग्री सहयोग गर्दै आइरहेको मोक्तानले बताए ।

मोक्तानले यसअघि पनेश दमार टोल विकास संस्था, सशक्ति टोल विकास संस्था, सानो सुकौली टोल विकास संस्था, ठुलो सुकौली टोल विकास संस्था, रातोमाटे टोल विकास संस्था, फारलाइन टोल विकास संस्था, सुनौलो टोल विकास संस्था, गौरि शिखर टोल विकास संस्था, परिश्रमिक टोल विकास संस्था, जाँते टोल विकास संस्था, चित्रेपानी टोल विकास संस्था र सयफुट टोल विकास संस्था लगायतका खेलाडी टिमहरुलाई खेलकुद समाग्री सहयोग गरिसकेको जानकारी दिए ।
