मकवानपुरमा आज ४१३ जनाको कोरोना परीक्षण गर्दा ४ जना संक्रमण पुष्टि
मकवानपुर । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ४ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४१३ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार, ४७ जनाकोे पीसीआर परीक्षण गर्दा १ जनामा र ३६६ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जनामा कोरोना पुष्टि भएको हो । आज संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका एक जना र थाहानगरपालिकाका ३ जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार २ सय ४२ जना पुगेको छ । तीमध्ये हालसम्म १४ हजार ८ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
जिल्लामा पछिल्लो २४ घण्टामा थप २२ जना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज १५ जना संक्तमणमुक्त भएका हुन् । यसैगरी, आज थाहानगरपालिका, भीमफेदी र कैलाश गाउँपालिकाका एक÷एक जना र मकवानपुरगढी गाउँपालिकाका ४ जना रहेका छन् ।
यस्तै, जिल्लामा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ६४ जना पुगेको छ । मृत्यु हुनेमा हेटौंडाका १ सय १६ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको निधन भएको छ ।
जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्ति निधन नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा भने कुनै पनि व्यक्तिको निधन नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
