आज फेरी घट्यो नेप्से परिसूचक, ३ अर्ब ७० करोडमाथिको कारोबार

तु खबर संवाददाता
२०७८ आश्विन १४,बिहीबार १५:२५

काठमाडौं । आज साताको अन्तिम दिन नेप्से परिसूचक फेरी घटेको छ । आज नेप्से परिसूचक ३२ दशमलव ५१ अंकले घटेर २ हजार ६ सय ३३ दशमलव ४२ विन्दुमा कायम भएको छ । यसअघि लगातमर ओरालो लागेको नेप्से बुधबार ५० अंकले सुधार आएको थियो ।

बिहिबार नेप्सेमा सूचिकृत २२५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्ता शेयर किनबेच हुुँदा ३ अर्ब ७० करोड २९ हजार ५ सय ७ रुपैयाँको कारोबार भएको छ । नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये ३ समूह बाहेकका सबै समूह राताम्य भएका छन् ।

त्यस्तै, आज सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । बैंकको एकैदिन १२ करोड माथिको कारोबार भएको हो । यसैगरी, नेपाल फाइनान्स लिमिटेड, मनकामना स्मार्ट लघुवित्त र मैलुङ खोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।