समाचार

वडा अधिवेशन गर्न हतार नगरौँ – उपाध्यक्ष शाक्य

काठमाडौँ । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहराले  पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन गर्न हतार भएको बताएकी छिन् । उनले यही कार्तिक ६ गते वडा तहको अधिवेशन गर्न लागिएकोमा असन्तुष्टि व्यक्त गरेकी हुन् । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा वडा अधिवेशन हतारमा गरिहालौं र...

अहिलेको सरकार ढाल्दिउँ भन्ने लाग्यो भने हामीलाई एक हप्ता पनि लाग्दैन– ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुहरुले चाहेमा कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार एक हप्तामै ढल्ने बताएका छन् । बुधबार वागमती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले वर्तमान सरकारमा लोभी पापीमात्रै रहेकोले उनीहरुलाई अलिकति बिलो लगाउने हो भने सरकार ढल्ने बताए...

बाढीपहिरोमा परेर मृत्यु हुनेका परिवारलाई कम्तिमा २ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरो र डुबानमा परेर मृत्यु भएका परिवारलाई कम्तिमा २ लाख रुपैयाँ दिने गर्ने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले एक जनाको मृत्यु भएको परिवारलाई २ लाख रुपैयाँ र सोही परिवारका थप सदस्यको मृत्यु भएमा मृतक प्रति सदस्य थप एक...

ग्याँस चोरी गर्ने तीन जना मकवानपुर प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले ग्याँस बुलेटबाट ग्याँस चोरी गर्ने तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ नयाबस्तीबाट ग्याँस बुलेटबाट ग्याँस चोरी गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । उनका अनुसार, पक्राउ पर्नेहरुमा भरत कार्की,...

स्वर्गीय दाहालको १२ दिनको पुण्यतीथिमा श्रदाञ्जलीसभा

मकवानपुर । समाजसेवी स्वर्गीय रामशरण दाहालको १२ औं दिनको पुण्य तीथिमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ स्थित सहिद रुद्र स्मृति पार्कमा श्रद्धाञ्जलीसभा आयोजना गरिएको छ । सहिद रुद्र स्मृति पार्क, सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्था र प्रतिभा युवा क्लवको संयुक्त आयोजनामा मंगलबार श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।...

बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या ४८ पुग्यो

काठमाडौं । देशका विभिन्न क्षेत्रमा परेको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर बुधबार मध्याह्नसम्म ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ भने ३१ जना बेपत्ता भएका छन् । बाढीपहिरो र डुबानमा परेर देशका इलाम, डोटी, हुम्ला, धनकुटा, पाँचथर, प्युठानलगायत विभिन्न जिल्लामा गरी ४८ जनाले ज्यान गुमाएको गृह मन्त्रालयले जनाएको छ...

६० अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथौ दिन शेयर बजारमा हरियाली छाएको छ । सरकारले बैंकको ब्याजदर सम्बन्धी समस्या स्थायी रुपमा समाधान गरेपछि शेयर बजारमा हरियाली छाएको हो । आज नेप्से परिसूचक ६० दशमलव ५६ अंकले बृद्धि भई २ हजार ५७१ दशमलव ६६ को बिन्दुमा पुगेर रोकिएको छ । बुधबार सबै...

मध्ये भोटेकोशी जलविद्युतको आईपीओ अर्को साता बाँडफाँड हुने

काठमाडौं । मध्ये भोटेकोशी जलविद्युतको आईपीओको बाँडफाँड अर्को साता हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आइपीओ अर्को साता बाँडफाँड गर्ने तयारी थालेको जनाएको छ । क्यापिटलले शुक्रबारसम्म प्रिअलटमेन्ट गर्ने र अर्को साता बाँडफाँड गर्ने तयारी रहेको जनाएको छ । कम्पनीले गत असोज २० गतेबाट २५...

लुम्बिनी प्रदेशमा ३६ हजार ४ सय हेक्टरमा काटेको धान डुबानमा

बुटवल । लुम्बिनी प्रदेशमा लगातारको वर्षा र बाढीले ३६ हजार हेक्टर क्षेत्रफलमा काटेर राखेको धान डुबानमा परेको छ । प्रदेशका १२ जिल्लामा काटेर खेतमै राखिएको ३६ हजार ४ सय ८० हेक्टर क्षेत्रफलको धानमा क्षति भएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार, प्रदेशभर कुल खेती भएको ३...

बर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिबारे विवरण संकलन गरिँदै

मकवानपुर । अविरल बर्षाका कारण कृषि क्षेत्रमा भएको क्षतिको विवरण संकलन गरिने भएको छ । आइतबारबाट बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुलीलगायतका जिल्लाहरुमा कृषि बालीमा भएको क्षतिको लगत संकलन कार्य सुरु गरिएको मन्त्रालयले जनाएको छ । ‘र्यापिड रेस्पोन्स टीम’ गठन गरेर मन्त्रालयले तत्काल...