समाचार
हेर्नुहोस्, प्रदेशसभा बैठक सार्न एमालेले गरेको प्रस्ताव (पत्रसहित)
मकवानपुर । भोलि कात्तिक ४ गते बस्ने बागमती प्रदेश सभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयसमक्ष प्रस्ताव गरेको छ । भर्खरै लिखित पत्र पठाउँदै एमालेले भोलि हुने प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो । एमालेले बैठक ११ गतेका लागि बोलाउनसमेत प्रस्ताव गरेको छ । कात्तिक पहिलो हप्ताभित्र नेकपा...
एमालेको नाटकः कात्तिक ४ गतेको प्रदेशसभा बैठक टार्न पत्र
मकवानपुर । भोलि कात्तिक ४ गते बस्ने प्रदेशसभाको बैठक सार्न नेकपा एमालेले प्रदेशसभा सचिवालयलाई आग्रह गरेको छ । लिखित पत्र पठाउँदै एमालेले भोलि हुने प्रदेशसभाको बैठक सार्न सचिवालयलाई आग्रह गरेको हो । बैठक ११ गतेका लागि बोलाउन एमालेले भर्खरै लिखित प्रस्ताव गरेको तु खबर स्रोतले जानकारी दिएको छ ।...
धनकुटामा पहिराले घर पुरिँदा ६ जनाको मृत्यु
धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका–१, बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ । गएराति घरमाथिबाट खसेको पहिरोले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो । पहिरोले घर पुरिँदा श्रेष्ठसहित ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।...
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले भोलि विश्वासको मत लिने
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । मुख्यमन्त्री शाक्यले भोलि अर्थात कात्तिक ४ गते बिहिबार अपराह्न बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ । मुख्यमन्त्री शाक्यले गत असोज २४ गते बसेको प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १८८ को...
मुगु बस दुर्घटना : ज्यान गुमाउनेको संख्या ३३ पुग्यो
सुर्खेत । मुगु बस दुर्घटनामा घाइते भएका थप एक जनाले ज्यान गुमाएका छन् । बस दुर्घटनामा परी घाइते भएका मुगुको छाँयानाथ रारा नगरपालिका – १४ बस्ने २७ वर्षीय दन्त बुढाको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । उनको कोहलपुर मेडिकल कलेज बाँकेमा उपचारका क्रममा मंगलबार...
अमेरिकामा गोली लागेर एक नेपालीको मृत्यु
अमेरिका । अमेरिकाको मासाचुटे्स राज्यको एक पसलमा गोली लागेर एक जनाका मृत्यु भएको छ । गोली लागेर पसलका संचालक एक नेपालीको मृत्यु भएको हो । गोली लागेर ५४ वर्षीय लालकिशोर महासेठको मृत्यु भएको हो । उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बस्दै आएका थिए । प्रहरीका अनुसार, पसलमा केही...
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
काठमाडौं । कर्णाली प्रदेश सरकारले आज (बुधबार) सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिएका हो । कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा ब्रत एवम् कात्तिक स्नान आजदेखि सुरु हुने भएकाले प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको हो । वि.सं २०७८ बैशाख...
एमसीसी मुलुकको हितमा छ –प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना एमसीसी मुलुकको हितमा भएको भन्दै यसमा विवाद गर्न आवश्यक नरहेको बताएका छन् । एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएको भन्दै देउवाले एमसीसी नेपालको लागि उपलब्धी मुलक रहने बताए । उनले भने ‘ एमसीसी नेपाललाई दिइएको ग्रान्ट हो । ब्याजमा होइन यो...
माओवादी सम्मेलनको कार्यतालिका परिवर्तन
काठमाडौं । नेकपा माओवादी केन्द्रले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको तालिका परिवर्तन गरेको छ । पार्टीका प्रवक्ता कृष्णबहादुर महराका अनुसार, मंगलबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको तालिका परिवर्तन गरेको हो । पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको छ । यस्तै, टोल...
राष्ट्र बैंकले दियो बैंकको ब्याजदर घटाउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको ब्याजदर घटाउन निर्देशन दिएको छ । बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई...










