अमेरिकामा गोली लागेर एक नेपालीको मृत्यु

तु खबर संवाददाता
२०७८ कार्तिक ३,बुधबार ०९:१६
File Photo

अमेरिका । अमेरिकाको मासाचुटे्स राज्यको एक पसलमा गोली लागेर एक जनाका मृत्यु भएको छ । गोली लागेर पसलका संचालक एक नेपालीको मृत्यु भएको हो । गोली लागेर ५४ वर्षीय लालकिशोर महासेठको मृत्यु भएको हो । उनी मासाचुसेट्स राज्यको फल रिभरमा परिवारसहित बस्दै आएका थिए ।

प्रहरीका अनुसार, पसलमा केही खाने कुरा लिन लाग्दा अज्ञात व्यक्तिले पैसा तिर्ने काउन्टर पछाडिबाट महासेठको छातीमा गोली चलाएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार मासाचुसेट्सको फल रिभर भन्ने शहरमा सोमबार राति घटनामा भएको हो । जिल्ला सरकारी वकिलको कार्यालयका अनुसार उनलाई एम्बुलेन्सबाट चार्लटन मेमोरियल अस्पताल पुर्याइएको थियो । अस्पतालले राति ११ बजे उनलाई मृत घोषित गरेको छ । गोली हान्ने व्यक्ति २० देखि ३० बर्ष उमेरको र ५ फिट ७ इन्च देखि ५ फिट ९ इन्च अग्लो भएको प्रहरीले स्केच समेत सार्वजनिक गरेको छ । मृतक महासेठका पत्नी, दुई छोरा र छोरी छन् । उनीहरु अमेरिकामै बसोबास गर्छन् ।