समाचार

बागमती प्रदेशमा बानियाँ र पाण्डे आधा–आधा समय मुख्यमन्त्री बन्ने

मकवानपुर । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले पालैपालो आधा–आधा समय बागमती प्रदेश सरकारको नेतृत्व गर्ने सहमति जुटेको छ । एमाले नेतृ तथा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने निश्चित भएपछि गठबन्धनबीच आधा–आधा समय सरकारको नेतृत्व गर्ने सहमति जुटेको हो । मुख्यमन्त्री शाक्यले आज प्रदेशसभामा विश्वासको मत लिन राखेको...

सीके राउतका १३ कार्यकर्ता पक्राउ

धनुषा । धनुषा प्रहरीले सीके राउत नेतृत्वको जनमत पार्टीका १३ कार्यकर्तालाई पक्राउ गरेको छ । खानेपानी संस्थान धनुषाका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । नाला तथा ढल निर्माणमा अनियमितता भएको राउतका कार्यकर्ताले बिहीबार निमित्त प्रमुख राजेश कुशवाहालाई दुर्व्यवहार गर्दै नगर...

विद्यार्थीलाई निर्घात कुटपिट गर्ने सिद्धार्थ शिशु सदनका शिक्षक पक्राउ

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नं ५ स्थित सिद्धार्थ शिशु सदन माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत एक विद्यार्थीमाथि निर्घात कुटपिट गर्ने शिक्षक केशव दाहाललाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । स्वास्थ्व शिक्षा विषयको अध्यापन गराउने शिक्षक दाहालले कक्षाकोठामा चकचक गरेको भन्दै सोही विद्यालयमा अध्ययरत १२...

फेसबुकको नाम परिवर्तन गरिने

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकको नाम परिवर्तन गरिने भएको छ । सो कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको हो । यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेन्ट कन्फ्रेन्स सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिट्टै नै नाम परिवर्तन गर्ने बताइएको छ । फेसबुक कम्पनीले...

लागूऔषध गाँजासहित मकवानपुरका २ जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले लागूऔषध गाँजासहित २ जनालाई पक्राउ गरेको छ । आज बिहान ८ः५५ बजेको समयमा इलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं १५ स्थित पूर्वपश्चिम लोकमार्ग सडकखण्डमा हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको ना १ ज १६७६ नम्वर को माईक्रो बसलाई रोकी चेकजाँच...

बागमती प्रदेशसभाको बैठक दिउँसो ३ बजे मात्रै सुरु हुने

मकवानपुर । बागमती प्रदेशसभाको आज बिहिबार दिउँसो १ बजेको लागि तय भएको बैठक सभामुख सानुकुमार श्रेष्ठको निर्देशनअनुसार दिउँसो ३ बजेका लागि सारिएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता उमेश सोतीले जानकारी दिएका छन् । सभामुखज्यूले विशेष कारण देखाउँदै ३ बजेको लागि बैठक सार्न निर्देशन दिनुभएको छ, त्यही अनुसार हामीले तयारी अघि...

माओवादीको ३२ विभागले पायो पूर्णता

काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले पार्टीका ३३ विभागमध्ये ३२ वटालाई पूर्णता दिएको छ । विपत व्यवस्थापन विभागबाहेक अन्यलाई पूर्णता दिइएको जनाइएको छ । माओवादी प्रवक्ता कृष्णबहादुर महराले विपत व्यवस्थापन विभाग सूर्य सुवेदी ‘पथिक’को नेतृत्वमा गठन हुने भए पनि पूर्णता पाउन बाँकी रहेको जानकारी दिएका...

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी, एमालेको ३ बजे

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि सुरु भएको छ । बैठकमा संगठन विस्तार, सरकारका काम लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । गत मंगलबार बसेको बैठकले सम्मेलनको मिति हेरफेर गर्नुका साथै विभिन्न आयोगहरु गठन गरेको थियो । माओवादी केन्द्र आगामी पुस...

अपडेट : बाढीपहिरोबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या ८८ पुग्यो

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरो र डुबानमा परेर थप ११ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले थप ११ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यससँगै देशैभर बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको कूल संखया ८८ जना पुगेको छ । अधिकांशको पहिरोका कारण...

हेटौंडामा संचालित रोशनी कोल्ड स्टोरबाट ६० हजार बराबरको सामान चोरी

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित सिमाचोकमा रहेको एक किनारा पसलमा गएराति चोरी भएको छ । उक्त स्थानमा रोशन रौनियारले संचालन गरेको रोशनी कोल्ड स्टोरमा नगद र सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार,...