हेटौंडामा संचालित रोशनी कोल्ड स्टोरबाट ६० हजार बराबरको सामान चोरी

तु खबर संवाददाता
२०७८ कार्तिक ४,बिहीबार १०:०३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० स्थित सिमाचोकमा रहेको एक किनारा पसलमा गएराति चोरी भएको छ । उक्त स्थानमा रोशन रौनियारले संचालन गरेको रोशनी कोल्ड स्टोरमा नगद र सामान चोरी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार, गएराति रौनियारले सञ्चालन गरेको किराना पसलबाट नगद ४५ हजार रुपैयाँ, ८ हजार बराबरको रिर्चाज कार्ड र अन्य ७ हजार बराबरको खानेकुराहरु चोरी भएको हो । प्रहरी निरीक्षक दासले उक्त बसल चोरी भएको भनि खबर आज (बिहिबार) बिहान मात्रै प्रहरीलाई खबर आएको बताए । उक्त कोल्ड स्टोरमा कस्ले चोरी गरेको भन्नेबारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।