समाचार

स्याङ्तानको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन अपिल

मकवानपुर । बिगत १५ बर्षदेखि पेट फुल्ने समस्याबाट पीडित बनेका मनहरी गाउँपालिका वडा नम्वर– २ निवासी माइतेसिं स्याङ्तानको उपचारको लागि आर्थिक सहयोग जुटाइदिन उनका परिवारले आग्रह गरेका छन् । ६३ बर्षका स्याङ्तान आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुनुपरेको छ । स्याङ्तानलाई पेट फुल्ने समस्या दिनप्रतिदिन बढ्दै गएपछि...

कांग्रेस उपसभापति पदको मतगणना सुरु

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा उपसभापति पदको लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएकोमा उपसभापतिको मतगणना भने केन्द्रीय कार्यालय सानेपामा गरिदैछ । सोमबार मतदान लगत्तै मतपेटिकाहरु सानेपा पुर्‍याइएको थियो । उपसभापतिको दौडमा शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार...

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा केसी

काठमाडौँ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशको अध्यक्षमा बिमला केसी चयन भएकी छिन् । बुधबार बसेको प्रदेश समितिको पहिलो बैठकले केसीलाई अध्यक्षमा चयन गरेको हो । वीरेन्द्रनगरमा मंगलबार सम्पन्न प्रदेश अधिवेशनले २११ सदस्यीय प्रदेश समिति चयन गरे पनि पदाधिकारीको टुंगो लगाउन सकेको थिएन । बुधबार बसेको प्रदेश समितिको पहिलो...

भोलि र पर्सी थप २१ लाख ७६ हजार डोज जोन्सन खोप आउँदै

काठमाडौं । भोलि र पर्सी गरी करिब २२ लाख डोज कोरोना विरुद्धको खोप जोन्स एण्ड जोन्सन नेपाल आउने भएको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले भोलि र पर्सी गरी २१ लाख ७६ हजार डोज जोन्सन एण्ड जोन्सन खोप आउन लागेको जानकारी दिए ।...

पार्टीलाई थप मजबुत र फराकिलो बनाउन सभापतिलाई साथ दिन्छौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गरेर अघि बढ्ने बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन शेखर कोइराला समूहले बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्रीका उम्मेदवार थापाले पार्टीलाई थप मजबुत, फराकिलो बनाउन सभापतिलाई साथ दिने र चुक्न खोज्दा संघर्ष गर्ने उनले बताएका...

थप २८० जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ९४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ९ हजार २१२ जनाको पीसीरआर परीक्षणमा २५२...

बुधबार ४ अंकले घट्यो नेप्से

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली शेयर बजार पुनः निरासजनक अवस्थामा फर्केको छ । मंगलबार १३७ अंक अर्थात ६ प्रतिशतले बढेको शेयरबजार आज फेरी ४ दशमलव २३ अंकले घट्न पुगेको हो । लगानीकर्ताहरुमा केही उत्साह थपिँदा आज शुन्य दशमलव १७ प्रतिशतले नेप्से परिसूचक घटेर २ हजार ४१४ दशमलव...

आज कांग्रेस उपसभापति पदको मात्र मतगणना हुने

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मात्र मतगणना हुने भएको छ । पार्टी कार्यालय सानेपामा अपरान्ह ४ बजेपछि मतगणना हुने निर्वाचन समिति सदस्य सीताराम केसीले जानकारी दिए । उपसभापति पदको मतगणना सकिएपछि मात्र महामन्त्रीको गणना हुने उनको भनाई छ । कांग्रेसमा सभापति पदको नतिजा...

प्रदेश २ को प्रदेशसभामा दुई अध्यादेश पेश

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुल पनि प्रदेशसभा बैठकमा दुई वटा अध्यादेश पेश भएको हो । बैठकमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् । अध्यादेशको...

मलेसियामा डुङ्गा दुर्घटना हुँदा ११ जनाको मृत्यु

काठमाडौं । मलेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । मलेसियाको दक्षिणी क्षेत्रमा भएको दुर्घटनामा परेर इन्डोनेसियाका ११ जनाको मृतयु भएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । घटनामा परेका अरु २७ जना अझै पनि बेपत्ता भएका छन् । बेपत्ता भएका मध्ये अधिकांश इन्डोनेसियाका रहेका छन्...