समाचार
झापामा भ्यान दुर्घटनामा, २ जनाको मृत्यु
झापा । झापाको सूर्योदय नगरपालिका–७ सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसो भएको मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दिउँसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो । घाइतेहरूलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो...
‘देउवामा पार्टीलाई एक बनाएर अघि बढाउने खुबी छ’
काठमाडौं । नेपाली कांग्रेसमा नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबी रहेको बताएका छन् । बुधबार नवनिर्वाचिथ पार्टी सभापति देउवालाई बधाई दिन प्रधानमन्त्री निवास पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने खुबीका कारण सभापतिमा जितेको बताएका...
पुस ४ देखि बालबालिकालाई पनि खोप लगाउँछौँ: मन्त्री खतिवडा
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बालबालिकाहरुलाई विद्यालयमा नै पुगेर कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भइरहेको बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि विद्यालयमा नै खोप केन्द्र राखेर खोप लगाइने उनको भनाई छ । उनका अनुसार यही पुस ४ गतेदेखि बालबालिकालाई खोप लगाइने...
छुरा प्रहार गरी आफ्नै भिनाजुको हत्या
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्वर ४ का अर्जुन राइले ५१ बर्षीय आफ्नै भिनाजु मुरारी गिरीको छुरा प्रहार गरी हत्या गरेका छन् । गिरीकै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारपछी घाइते भएका गिरिलाई उपचारको लागि नोबेल अस्पताल...
प्रचण्ड र माधव नेपाल अस्थिरताका संवाहक हुन् – ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अस्थिरता पैदा गराउन सबैभन्दा ठूलो हात प्रचण्डको भएको बताएका छन् । पार्टी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहलाई बुधबार सम्बोधन गर्दै ओलीले प्रचण्डलाई अस्थिरताको संवाहक भन्दै आरोप लगाए । उनले अस्थिरताको संवाहक नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल पनि...
एमालेका मनोनित केन्द्रीय सदस्यहरुले लिए सपथ
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित सदस्यहरुले आज पद र गोपनियताको सपथ लिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई केहीबेरअघि तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहण गराएका हुन् । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा...
नेपाल विवेकशील पार्टीद्वारा कार्कीमाथि आक्रमण गर्नेलाई कारबाहीको माग
मकवानपुर । नेपाल विवेकशील पार्टीका अभियान तथा सञ्जाल सचिव शशिबिक्रम कार्कीमाथि अज्ञात समूहबाट भएको भौतिक आक्रमणको निन्दा गर्दै दोषिउपर कारबाहीको माग गरिएको छ । बुधबार नेपाल विवेकशील पार्टीका प्रवक्ता विजयबाबु शिवाकोटीले विज्ञप्ति जारी गर्दै कार्कीमाथि आक्रमण गर्ने व्यक्तिहरूको पहिचान गरी कानूनी कारबाहीको दायरमा ल्याउन माग गरेका हुन् । विज्ञप्तिमा...
सार्वजनिक भयो अन्जु पन्तको ‘किन दुख्छ मुटु’
काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको गीत ‘किन दुख्छ मुटु’ सार्वजनिक भएको छ । हरि आचार्यको शब्द तथा नवीन कार्कीको संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ । गीतको म्युजिक भिडियामा माधव केसी, लाजिना सुवेदी, सिम्रन कार्कीसँगै गीतकार आचार्यको पनि अभिनय देख्न सकिन्छ । धन...
भीमफेदीमा सुमो पल्टियो, ४ जना घाइते
मकवानपुर । हेटौंडा– काठमाडौँ जोड्ने छोटो दुरीको सडकखण्ड अन्तरगत भीमफेदी गाउँपालिकाको भैसेमा सुमो पल्टिएर दुर्घटना भएको छ । बुधबार बिहान काठमाडौबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज २८९१ नम्वरको सुमो आफै अनिन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । दुर्घटनाबाट सुमोमा सवार ४ जना समान्य घाइते...
तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्यमा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा ५०० रुपैयाँले घट्दै ९२ हजार ३०० रुपैयाँमा झरेको हो । गत मंगलबार सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, यता तेजाबी सुनको मूल्य...








