समाचार

एमालेले देशलाई अस्थिरतामा धकेल्यो – रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थीरतातर्फ धकेल्ने दुष्प्रयास नेकपा एमालेबाट भइरहेको बताएका छन् । समावेशी संसदीय प्रणाली नै सिद्याउन खोजेको र राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलाप एमालेले गरिरहेको भन्दै उनले त्यस विषयमा सचेत रहन आम नागरिकलाई ध्यानाकर्षण पनि गराएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले...

हेटौंडाको मानव सेवा आश्रमलाई ह्‍वीलचियर सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले रहेको मानव सेवा आश्रमलाई ह्वीलचियर सहयोग गरेको छ । आज (बुधबार) हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित रहेको उक्त आश्रमलाई १० वटा ह्वीलचियर हस्तान्तरण गरेका हुन् । मानव सेवा आश्रममा आश्रीतरु मानसिक संतुलन गुमाएसंगै अपाङ्गता समेत भएकाले उनीहरुलाई...

लागूऔषधसहित २ युवा पक्राउ

बुटवल । रुपन्देहीमा प्रहरीले लागूऔषधसहित दुई जना युवालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले देवदह नगरपालिका वडा नम्वर २ का २५ वर्षीय दूधनाथ यादव र नवलपरासी पाल्हिनन्दन गाउँपालिका–२ का २६ वर्षीय धनेश यादवलाई लागुऔषधसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय नम्बर प्लेट यूपी...

आज मौसम सामान्यतया सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार देशको पहाडी भू–भागमा आंशिक बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ...

एमालेका मनोनित ४४ केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको आज (बुधबार) शपथ ग्रहण हुँदैछ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि...

कांग्रेसका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आजबाट

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनमा निर्वाचन भएको अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुको मतगणना आज (बुधबार) बाट सुरु हुने भएको छ । पदाधिकारी र सदस्यहरुको मतगणना आज अपराह्नबाट सुरु हुने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए । उनका अनुसार, आगामी पुस ५ गतेभित्र सबै मत परिणाम सार्वजनिक हुनेछ ।...

हेटौंडामा सवारी दुर्घटना, एकको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ दामिटारस्थित आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन रत्ननगर बस्ने ४० वर्षीय युवराज आचार्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए । बिहान ६ः३० बजेको समयमा हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको...

बिवाह वर्षगाँठको अवसरमा आर्थिक सहयोग

मकवानपुर । मकवानपुरे साहित्यकार एवम् शिक्षक दीपक गौतम र उनकी जीवन संगिनी प्रभा पौडेलले आफ्नो तेह्रौं बैवाहिक वर्षगाँठको अवसरमा एक मृगौलापीडित महिलालाई आर्थिक रहम सहयेग गरेका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ पारिजातपथमा लामो समयअघिदेखि ठेलामा फलफूल व्यापार गर्दै आएकी ४७ वर्षीया विनिता उप्रेतीलाई गौतम दम्पतीले रु ५...

मावि शिक्षकका लागि विज्ञापन खुल्यो

काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने समेत जनाइएको छ ।    

फोनिज मकवानपुरको सपथ ग्रहण तथा पद हस्तान्तरण

मकवानपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मकवानपुरको नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा पद हस्तान्तरण सम्पन्न भएको छ । फोनिजको पाँचौ अधिवेशनबाट सर्वसम्मत निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक एवं फोनिजको अनुशासन विभागका संघीय संयोजक कुमार नेगीले मंगलबार हेटौंडामा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । कार्यक्रममा फोनिज...