हेटौंडाको मानव सेवा आश्रमलाई ह्‍वीलचियर सहयोग

तु खबर संवाददाता
२०७८ मंसिर २९, बुधबार १०:२६

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले रहेको मानव सेवा आश्रमलाई ह्वीलचियर सहयोग गरेको छ । आज (बुधबार) हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एक कार्यक्रमबीच हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ स्थित रहेको उक्त आश्रमलाई १० वटा ह्वीलचियर हस्तान्तरण गरेका हुन् ।

मानव सेवा आश्रममा आश्रीतरु मानसिक संतुलन गुमाएसंगै अपाङ्गता समेत भएकाले उनीहरुलाई हिडडुल गर्न सहज होस् भन्ने उद्देश्यले एक लाख २० हजार रुपैयाँ बराबरको ह्वीलचियर वितरण गरिएको मेयर महतले बताए । अघिल्लो आर्थिक वर्षमा पनि उपमहानगरपालिकाले मानब सेवा आश्रमलाई ह्वीलचियर वितरण गरेको थियो । ह्वीलचियर विरतणको क्रममा हेटौंडा–१८ का वडा अध्यक्ष अनिल बानियाँ, उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाका प्रमुख जगनाथ सापकोटाको आतिथ्यता रहेको थियो ।