एमालेका मनोनित ४४ केन्द्रीय सदस्यहरूको आज शपथ ग्रहण
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीका मनोनित ४४ सदस्यहरुको आज (बुधबार) शपथ ग्रहण हुँदैछ । बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा शपथ ग्रहणको कार्यक्रम राखिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।
उनका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराउने र त्यसपछि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका ९ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत गरिएको हो ।
