छुरा प्रहार गरी आफ्नै भिनाजुको हत्या

तु खबर संवाददाता
२०७८ मंसिर २९, बुधबार १३:५१
सांकेतिक तस्वीर

इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्वर ४ का अर्जुन राइले ५१ बर्षीय आफ्नै भिनाजु मुरारी गिरीको छुरा प्रहार गरी हत्या गरेका छन् ।
गिरीकै घरमा बस्दै आएका अर्जुनले मंगलबार बेलुका साढे ४ बजेतिर उनको छातीमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारपछी घाइते भएका गिरिलाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा राति ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहार गर्ने राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।