समाचार
विद्युत प्राधिकरणको सबै आय संकलन काउन्टर आजदेखि ५ दिन बन्द हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सबै आय संकलन काउन्टरहरू आजदेखि पाँच दिनसम्म बन्द हुने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बिलिङ सिस्टम अद्यावधिक गर्नुपर्ने भएकाले आजदेखि आगामी पुस ५ गतेसम्मका लागि सबै आय संकलन काउन्टरहरू बन्द गरिएको जनाएको छ । विद्युत प्राधिकरणका उपभोक्ताको २०७८ मंसिर महिनाको खपत...
नक्कली पीसीआर रिपोर्ट बनाउने तामाङ् प्रहरीको फन्दामा
झापाको काँकरभिट्टाबाट प्रहरीले नक्कली पीसीआर रिपोर्ट बनाउने रिङ्जी टुर्स एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले तामाङलाई मंगलवार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सो ट्राभल्समा नक्कली पीसीआर रिपोट बनाउने गरेको सूचनाका आधारमा प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको थियो ।...
२ मतले हारे गच्छदार
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत उपसभापति पदको लागि भएको निर्वाचनमा उम्मेदवार बनेका गच्छदार २ मतले पराजित भएका छन् । सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका गच्छदार डा. शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका धनराज गुरुङसंग २ मतले पराजित भएका हुन् । झिनो मतले पराजित भएपनि उनले निर्वाचन...
उच्च र जिल्ला अदालतमा माघ २ देखि गोला प्रक्रियाबाट पेसी तोकिने
काठमाडौं । उच्च र जिल्ला अदालतमा आगामी माघ २ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोक्ने भएको छ । सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठक (फूलकोर्ट) ले उच्च र जिल्ला अदालतमा आगामी माघ २ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोक्ने निर्णय गरेको हो । साथै बैठकले उक्त प्रक्रियाबाट पेसी व्यवस्थापन गर्न उच्च...
दुर्घटनामा दुई जनाको मृत्यु
झापा । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कन्काई नगरपालिका वडा नम्बर ७ दुर्गापुरमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गएराति ना ५ ख ७९३७ नम्बरको बस र मे ७ प २८४६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ...
राष्ट्रियसभा सदस्य निर्वाचनः आयोगद्वारा दल दर्ता गर्न आह्वान
काठमाडौँ । निर्वाचन आयोगले माघ १२ गतेका लागि तय भएको राष्ट्रियसभा सदस्य निर्वाचनका ला राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ । निर्वाचन प्रयोजनका लागि आजदेखि १० पुससम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनिएको हो । निर्वाचन कार्यक्रमअनुसार १७ पुसमा निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ भने...
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि आगामी पुस १० गतेसम्म राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले नेपालको संविधानको धारा २७१ बमोजिम आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभा...
थाहा नगरका ९७ जना विद्यार्थीलाई स्टेशनरी सामग्री सहयोग
मकवानपुर । थाहा नगरपालिका–६ स्थित उदय प्राथमिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तरण गरिएको छ । स्थानीय समाजसेवी राजेन्द्र विडारी र उनकी श्रीमती निर्मला विडारीले आफ्नो छोराको जन्मदिनको अवसरमा उक्त विद्यालयका ९७ जना विद्यार्थीलाई स्टेशनरी सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई व्याग, कापी तथा पेनलगायतका स्टेशनरी सामग्री सहयोग...
कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । बुधबार राति प्राप्त मत परिणाम अनुसार सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार खड्का र शेखर कोइराला पक्षका उम्मेदवार गुरुङ उपभापतिमा निर्वाचित भएका निर्वाचन समितिले घोषणा गरेको छ । निर्वाचन समितिका अनुसार खड्काले २ हजार १२१...
भीमफेदीका अशक्त र जेष्ठ नागरिकलाई सहायता सामग्री
मकवानपुर । भीमफेदी गाउँपालिकामा अपांगता भएका व्यक्तिलाई सहायता सामग्री प्रदान गरिएको छ । गाउँपालिकाको वडा नम्बर ७, कोगटे र वडा नम्बर ८, इपाका शारीरिक अपांगता भएका र ज्येष्ठ नागरिकलाई सहायता सामग्री वितरण गरिएको हो । गाउँपालिकाको आर्थिक सहयोगमा १३ वटा ह्वीचियर, ११ वटा बैशाखी वितरण गरिएको हो । ७७...









