समाचार

मोटरसाइकल दुर्घटना हुँदा लिम्बुको मृत्यु

झापा । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा बिहीबार एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे ७ प ९८०० नंको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ...

क्लासिकटेकका ग्राहकलाई ६५० प्रतिशतसम्म निःशुल्क ब्यान्डविथ अपग्रेड

मकवानपुर । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकटेकले निःशुल्क रूपमा आफ्नो ग्राहकहरूलाई ६५० प्रतिशतसम्म ब्यान्डविथ अपग्रेड गरेको छ । क्लासिक टेकले आफ्नो ग्राहकहरूलाई निःशुल्क १५० एमिबिपिएस देखि ३०० एमबिपिएससम्म ब्यान्डविथ अपग्रेड गरेको हो । प्याकेज अपग्रेड पश्चात पुरानै शुल्कमा इन्टरनेट प्रयोगकर्ताहरूले हाइ स्पिड इन्टरनेटको अनुभब लिन...

नेकपा माओवादी केन्द्र लुम्बिनीको अध्यक्षमा बराल

काठमाडौँ । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन् । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको हो ।...

मकवानपुर प्रहरीद्वारा राक्सिराङमा अफिम खेती नष्ट

मकवानपुर । मकवानपुर प्रहरीले जिल्लाको बिकट राक्सिराङ गाउँपालिकामा लगाईको अफिम खेती नष्ट गरेको छ । बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरिक्षक सुमन बानियाँको कमाण्डमा ६० जनाको प्रहरी टोलीले लागूऔषध गाँजा र अफिम खेती नष्ट गरेको हो । बिहिबार राक्सिराङ गाउँपालिका वडा...

कांग्रेस सहमहामन्त्रीमा मकवानपुरकी डिना

काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय डिना सहमहामन्त्री (महिलातर्फ) निर्वाचित भएकी छिन् । बिहीबार सम्पन्न मतगणनाअनुसार अर्की उम्मेदवार कमला पन्तलाई ४२८ मतान्तरले पराजित गर्दै सहमहामन्त्रीमा डिना निर्वाचित भएकी हुन् । सभापति शेरबहादुर देउवाको प्यानलकी उम्मेदवार उपाध्यायले २ हजार ५३३ मत पाएकी थिइन् भने डा. शेखर कोइरालाको प्यानलबाट उम्मेदवार...

राष्ट्रियसभा सदस्य निर्वाचन : २०२५ मतदाता नामावली स्वीकृत

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २ हजार २५ जनाको मतदाता नामावली विहीबार स्वीकृत गरेको छ । आगामी माघ १२ गते हुने चुनावका लागि ५३२ प्रदेश सभा सदस्य तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवम् नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरू १ हजार ४९३ गरी जम्मा २ हजार २५ जनाको नाम...

मतलाई न्याय गर्छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित गगनकुमार थापाले आफूले महाधिवेशनमा पाएको मतलाई न्याय गर्ने बताएका छन् । महामन्त्री पदमा निर्वाचित भएपछि बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै थापाले सो कुरा बताएका हुन् । उनले आफूलाई एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताए । उनले भने, ‘यो...

कांग्रेस महाधिवेशन : तीन सहमहामन्त्री पदको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत तीन सहमहामन्त्री पदको मतगणना सुरु भएको छ । पार्टीको ८ सहमहामन्त्रीमध्ये तीन सहमहामन्त्रीको मतगणना आजै साँझ गर्न लागिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, आज महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना गर्ने भएको हो । दलिततर्फ गंगा...

थप १८४ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप १८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार १८ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ७ हजार २ सय ३० जनाको पीसीआर परीक्षण...

मकवानपुरमा बिहिबार थपिए ३ जना कोरोना संक्रमित

मकवानपुर । मकवानपुरमा थप ३ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २५ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १९ जनाको पीसीआर र ६ जनाको एन्टिजेन परीक्षण गर्दा...