समाचार

नाटककार प्रचण्ड मल्लको निधन

काठमाडौं । ख्यातिप्राप्त नाटककार प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए । उनका अनुसार, मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । अन्तिम संस्कार अघि साढे तीन बजेदेखि...

मुस्लिमतर्फको सहमहामन्त्रीमा देउवा प्यानलका फरमुल्लाह निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भएको निर्वाचनबाट सहमहामन्त्री (मुस्लिमतर्फ) बाराका फरमुल्लाह मन्सुर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा शेख वकिललाई पराजित गर्दै देउवा प्यानलका फरमुल्लाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार फरमुल्लाहले २७७६ मत ल्‍याए भने शेखले १८७१ मत पाए ।...

सहमहामन्त्री (खसआर्यतर्फ) देउवा प्यानलका राठौर निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सहमहामन्त्रीको लागि भएको निर्वाचनमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् । शुक्रबार सकिएको मतगणनामा देवराज चालिसेलाई पराजित गर्दै किशोरसिंह निर्वाचित भएका हुन् । किशोरसिंह देउवा र देवराज कोइराला प्यानलबाट उम्‍मेदवारी दिएका थिए । त्यस्तै सहमहामन्त्री महिलातर्फ मकवानपुरकी महालक्ष्मी उपाध्यक्ष डिना निर्वाचित...

आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले पुस ४ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् । पुस १ गते बसेको...

बागमतीमा ७० प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप

मकवानपुर । बागमती प्रदेशमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणविरुद्धको पूर्ण खोप लगाउनेहरु ७० प्रतिशत पुगेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार, प्रदेशमा हालसम्म कोरोना संक्रमणविरुद्धको पूर्ण खोप लगाउनेको संख्या ७० प्रतिशत अर्थात २९ लाख नाघेको छ । प्रदेशमा १८ वर्ष भन्दामाथिका २९ लाख ७५ हजार ४४ जना नागरिकलाई पूर्ण खोप दिइएको...

चर्कियो काभ्रे र सिन्धुपाल्चोकको सीमा विवाद

काठमाडौँ । सिन्धुपाल्चोक र काभ्रेबीचको सीमा विवाद थप चर्किएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्वर ११ डुम्रे र माझीटार बन्देउटारको करिब १ सय घरधुरीले आफुले भोगचलन गरेको जग्गाको लालपूर्जा नपाउँदा राज्यले प्रदान गर्ने सेवासुविधाबाट बञ्चित हुनुपरेको दुखेसो गरेका छन् । जनकराज गिरी प्रधानपञ्च हुँदा २८ माघ २०३३...

मन्त्रिपरिषद् निर्णय : तीन जनाको नेपाली नागरिकता रद्द

काठमाडौं । नेपाल सरकारले तीन नेपालीको नागरिकता रद्द गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार, मन्त्रिपरिषद् बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी...

लागुऔषधसहित २ जना पक्राउ

झापा । प्रहरीले मोरङ र झापाको छुट्टाछुटै स्थानबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो २ बजे विराटनगर महानगरपालिका–१३ सैनिक टोलबाट प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका ९६ का ३० वर्षीय छविलाल सार्कीको साथबाट लुपिजेसिक २५ एम्पुल, डाइजेल्याब २५ एम्पुल, एभिल २५ एम्पुल, फेनारगन २५ एम्पुल, नाइट्राभेट...

कार्यकर्ताहरुलाई निर्वाचनमा केन्द्रीत रहन माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनमा ध्यान दिन नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष नेपालले आगामी चुनाबमा गठबन्धन बनाएर चुनाव लड्ने बताउँदै नेता तथा कार्यकर्तालाई त्यसतर्फ केन्द्रीत भएर लाग्न निर्देशन दिएका हुन् । राष्ट्रियसभाको चुनावपछि स्थानीय चुनाव हुने बताउँदै उनले प्रदेश र...

आज एकैदिन एक हजार रुपैयाँले बढ्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

काठमाडौं । शुक्रबार सुनको भाउ एकैदिन तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बिहिबारको तुलनामा शुक्रबार सुन प्रतितोला एक हजार रुपैयाँले बढेकोहो । भाउ बढेसँगै आज सुन प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अघिल्लो दिनको तुलानामा एक हजार रुपैयाँले बढी हो...