समाचार
हेटौंडा–१५ मा सामुदायिक सभाहलको उद्घाटन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१५ रातोमाटेमा सामुदायिक सभाहलको उद्घाटन गरिएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एक कार्यक्रमबीत उक्त सभाहलको उद्घाटन गरेका हुन् । सो क्रममा उनले यो सभाहल सबै क्षेत्रका विभिन्न कार्यक्रम गर्नका लागि उपयोगि रहेको बताए । यस सभाहल निर्माण गर्नका लागि उपमहानगरपालिकाले २५...
मकवानपुर प्रहरीद्वारा गाँजा र अफिम फँडानी जारी
मकवानपुर । प्रहरीले मकवानपुरमा गाँजा र अफिम खेती नष्ट गर्ने कार्य जारी राखेको छ । लागूऔषध नष्ट गर्ने अभियान अन्तरगत मकवानपुर प्रहरीले बिहीबारदेखि सुरु गरेको गाँजा र अफिम खेती नष्ट गर्ने कार्य शुक्रबार पनि जारी राखेको छ । शुक्रबार प्रहरीले राक्सिराङ गाउँपालिका–४ मा १४ बिगाहा अफिम खेती र ५...
एमाले मकवानपुरको जिल्ला अधिवेशन पुस २३ गते
मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन आगामी पुस २३ गते हुने भएको छ । शुक्रबार पार्टी कार्यालय मकवानपुरमा बसेको सचिवालय बैठकले केन्द्रिय कमिटीको निर्णय अनुसार पुस २३ गते जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको मकवानपुरका इन्चार्ज तथा केन्द्रिय सदस्य रामेश्वर रानाले जानकारी दिए । यस्तै, पुस ७ गते...
मकवानपुरको बागमतीमा सामुदायिक आँखा केन्द्र
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका र हेटौंडा सामुदायिक आँखा अस्पतालको सहकार्यमा बागमती गाउँपालिकाको झुरझुरेमा सामुदायिक आँखा केन्द्र उद्घाटन गरिएको छ । बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान र तिलगंगा आँखा प्रतिष्ठानका प्रमुख संचालन अधिकृत पिताम्बर अधिकारीले संयुक्त रुपमा शुक्रबार सामुदायिक आँखा केन्द्र उद्घाटन गरेका हुन् । केन्द्रमा शुक्रबारदेखि नै आँखा...
२४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ७ हजार ६९१ जनाको पीसिआर परीक्षण र १ हजार...
थारुतर्फको सहमहामन्त्रीमा चौधरी निर्वाचित
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत सहमहामन्त्री (थारुतर्फ) उमाकान्त चौधरी निर्वाचित भएका छन् । पछिल्लो मत परिणाम अनुसार ४३६८ मत गन्दा उमाकान्त चौधरीले २५४५ र तेजुलाल चौधरीले १७७२ मत पाएका छन् । चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् । सहमहामन्त्री पिछडिएकोतर्फ...
शेखर प्यानलबाट सहमहामन्त्रीमा पाण्डे निर्वाचित
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत सहमहामन्त्री (पिछडिएका क्षेत्रतर्फ) बद्री पाण्डे निर्वाचित भएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा भएको मतगणनाअनुसार, जीवन शाहीलाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । उनी शेखर कोइराला प्यानलबाट निर्वाचित भएका हुन् । सभापति शेरबहादुर देउवा समूहका शाहीलाई २७८ मतले पराजित गर्दै...
अणराजको अलराइट गीतको म्यूजिक भिडियो सार्वजनिक
मकवानपुर । मकवानपुरका युवा गायक अणराज तामाङ मोक्तानको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै गायक तामाङको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । मकवानपुरका पुराना लोक गायक सर्जक सुर्य तितुङको प्रमुख अतिथ्यता तथा गायक तामाङकै अध्यक्षतामा गीत सार्वजानिक गरिएको हो । गायक तामाङकै...
घुस रकमसहित वडा सचिव पक्राउ
रुपन्देही । रुपन्देहीको भैरहवामा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा एक वडा सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकी रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस लिँदै...
कांग्रेस केन्द्रीय सदस्यको मतगणना आजैदेखि सुरु
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य छान्न शुक्रबार नै मतगणना गरिने भएको छ । समितिका अनुसार अन्तिम चरणमा रहेको सहमहामन्त्रीको मतगणना सकिएपछि आजै साँझ केन्द्रीय सदस्यको मतगणना सुरू गरिने छ । सुरूमा मधेसी महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ। प्रदेश २ को प्रदेश अधिवेशन बाँकी छ। नेता...










