समाचार
दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु, गाउँ नै शोकमा
सप्तरी । सवारी दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका बासिन्दा शोकमा डुबेका छन्। बिहीबार दिउँसो मोटरसाइकलमा सवार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो । मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७...
निर्माण सम्पन्न नहुँदै भत्काइयो बासुदेव सभागृह !
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बहुआयामिक स्रोतको रुपमा प्रयोग गर्ने योजना अनुसार निर्माण सुरु गरेको बासुदेव सभागृह निर्माण सम्पन्न नहुँदैे भत्काइएको छ । विसं २०६० सालमा तत्कालिन हेटौंडा नगरपालिकाले हुप्रचौरमा निर्माण सुरु गरेको सभागृह सम्पन्न नहुँदै अहिले भत्काइएको हो । हेटौंडा नगरपालिकाका तत्कालिन नगरप्रमुख मधु अधिकारीको पहलमा निर्माण शुरु गरिएको...
जोन्सनको १४ लाख ५७ हजार डोज आज नेपाल आउँदै
काठमाडौं । एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन खोपको १४ लाख ५७ हजार डोज आज नेपाल आउँदै छ । २१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो पटक आज आउँन लागेको हो । बिहीबार (हिजो) पहिलो पटकमा ७ लाख १९ हजार ६५० डोज खोप नेपाल...
आज एमालेको पत्रकार सम्मेलन
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दैछन् । गत मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएको महासचिव पोखरेलले जानकारी दिए । गत मंसिर १० गतेदेखि १४ गतेसम्म...
आज यी स्थानमा हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ । शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी...
कांग्रेस निर्वाचनः आज ५ सहमहामन्त्रीको मतगणना
काठमाडौं । नपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत भएको ८ सहमहामन्त्री पदको निर्वाचनमध्ये आज ५ पदको मतगणना हुने भएको छ । तीन सहमहामन्त्री पदको भने मतपरिणाम बिहिबार राति नै सार्वजनिक भइसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम भइसकेको...
राष्ट्रिय सभा निर्वाचनको मतदानकेन्द्र तोकियो, बागमतीको हेटौंडामा
काठमाडौँ । आगामी माघ १२ गते हुने राष्ट्रियसभाको निर्वाचनको लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्धारण गरेको छ । बिहीबार आयोगले विज्ञप्ति जारी गर्दै प्रदेश १ मा दुई र अन्य प्रदेशमा एक–एक वटा मतदान केन्द्र निर्धारण गरेको हो । प्रदेश १ बाहेकका केन्द्रभित्रै दुई–दुई वटा मतदान केन्द्र रहने गरी आठ...
मकवानपुरमा आगामी साताबाट ई–पासपोर्ट जारी हुने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आगामी साताबाट विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने बताएको छ । अहिले प्रशासनको राहदानी विभागमा पासपोर्टसम्बन्धी कुनै काम भएको छैन । सरकारले नयाँ ई–पासपोर्ट लागू गरेसँगै मकवानपुरबाट पनि ई–पासपोर्ट जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । आगामी साताको सोमबारबाट मकवानपुरमा ई–पासपोर्ट...
फिलिपिन्समा राइ आँधीबाट हजारौं विस्थापित
काठमाडौँ । दक्षिणी फिलिपिन्समा तीव्र गतिमा विकसित आँधीका कारण हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको छ। राइ नाम दिइएको सो आँधी जमिनमा ठोकिनुअघि हजारौं मानिसलाई सुरक्षित क्षेत्रतर्फ सारिएको हो । आँधी आउनुअघि मिन्डानाओको सुरिगाओबाट ५१ हजार, पूर्वी प्रान्त समारबाट ३० हजार र दक्षिणी तटीय शहर तानडागबाट ३६ सय ६८ परिवारलाई...
जन्मदिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण
मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ कमिटीका उपाध्यक्ष तथा समाजसेवी विष्णु नगरकोटीले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयलाई न्यानो कपडा सहयोग गरेका छन् । नगरकोटीले बिहिबार एक कार्यक्रमबीच बीच हेटौंडा–१२ सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीहरु न्यानो कपडा (स्विटर) सहयोग गरेका हुन् । नगरकोटीको ३९...










