जन्मदिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण

तु खबर संवाददाता
२०७८ पुष २, शुक्रबार ०८:२०

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ कमिटीका उपाध्यक्ष तथा समाजसेवी विष्णु नगरकोटीले आफ्नो जन्मदिनको अवसरमा एक विद्यालयलाई न्यानो कपडा सहयोग गरेका छन् । नगरकोटीले बिहिबार एक कार्यक्रमबीच बीच हेटौंडा–१२ सिग्रेनीस्थित प्रतिभा आधारभूत विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थीहरु न्यानो कपडा (स्विटर) सहयोग गरेका हुन् ।

नगरकोटीको ३९ औं जन्मदिनको अवसरमा उक्त विद्यालयमा अध्ययनरत आर्थिक अवस्था निकै नै कमजोर भएका ४२ जना विद्यार्थीलाई स्विटर सहयोग गरिएको विद्यालय सहायक प्रधानाध्यपक राजेश नगरकोटीले जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुलाई कुल २५ हजार रुपैयाँ मूल्य बराबरको स्विटर प्रदान गरिएको छ । कक्षा ८ सम्म अध्यापन हुने विद्यालयमा २ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।