मकवानपुर प्रहरीद्वारा गाँजा र अफिम फँडानी जारी
मकवानपुर । प्रहरीले मकवानपुरमा गाँजा र अफिम खेती नष्ट गर्ने कार्य जारी राखेको छ । लागूऔषध नष्ट गर्ने अभियान अन्तरगत मकवानपुर प्रहरीले बिहीबारदेखि सुरु गरेको गाँजा र अफिम खेती नष्ट गर्ने कार्य शुक्रबार पनि जारी राखेको छ ।

शुक्रबार प्रहरीले राक्सिराङ गाउँपालिका–४ मा १४ बिगाहा अफिम खेती र ५ बिगाहा गाँजा खेती नष्ट गरेको छ । उक्त लागूऔषध बागमती प्रदेश दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुमन बानियाँको कमाण्डमा खटिएको ६० जनाको प्रहरी टोलीले नष्ट गरिएको हो ।

प्रहरीले आज (शनिबार) पनि लागूऔषध फँडानी गर्ने जनाइएको छ । प्रहरीले यसअघि बिहिबार राक्सिराङ गाउँपालिका वडा नम्बर ४ र ५ को रानीवन, बाङकिङ, ताङद्राङ र रानीघाट क्षेमा लागूऔषध गाँजा खेती २० बिगाहा र अफीम ५ बिगाहा नष्ट गरेको थियो ।
