समाचार

बागमती प्रदेशमा २ लाख बढी बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने

मकवानपुर । बागमती प्रदेशमा २ लाख बढी बालबालिकालाई कोरोनाविरूद्धको खोप लगाइने भएको छ । सरकारको खोप अभियान अन्तरगत बागमती प्रदेशका १२ देखि १७ बर्ष उमेर समूहका २ लाख २ हजार २ सय ८७ बालबालिकालाई कोरोनाबिरूद्धको मोर्डना खोप लगाइने भएको हो । यसका लागि २ लाख ७ हजार ३ सय...

हेटौंडाबाट सुरु भयो विद्यार्थीहरुलाई खोप लगाउने कार्यक्रम

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ स्थित भुटनदेवी माध्यामिक विद्यालयबाट कोरोनाविरुद्धको मोर्डना खोप अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरले भुटनदेवी माध्यमिक विद्यालय ( प्राविधिक शिक्षालय) मा एक कार्यक्रमको आयोजना गर्दै १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकाहरुका लागि कोरोना विरुद्धको मोर्डना खोप लगाउने अभियानको सुरुवात गरेको हो...

भीमफेदीमा अनावरणको लागि राखिएको गणेशलाल श्रेष्ठको सालिक चोरी

मकवानपुर ।  लोक कवि गणेशलाल श्रेष्ठको सालिक चोरी भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर–६ स्थित ज्योति पुस्तकालय परिसरमा अनावरणका लागि स्थापना गरिएको सालिक शनिवार राति चोरी भएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिएका छन् । गाउँपालिकाको लगानीमा फोहोरा पार्क र ज्योति पुस्तकालय परिसरमा करिब १ महिना अघि...

राक्सिराङ देवीटारस्थित स्वास्थ्य केन्द्रको भवन उद्घाटन

मकवानपुर । मकवानपुरको राक्सिराङ–८ स्थित देवीटार आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवन शनिबार उद्घाटन गरिएको छ ।राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले देवीटार आधारभुत स्वास्थ्य केन्द्रको भवन उद्घाटन गरेका हुन् । राक्सिराङको १, ३, ४, ६, ८ र ९ नम्बर वडामा स्वास्थ्य केन्द्रको भवन निर्माणको लागि बजेट प्राप्त भएको थियो ।...

मकवानपुर ग्यास व्यवसायी संघको साधारणसभा

मकवानपुर । मकवानपुर ग्यास व्यवसायी संघको नवौं वार्षिक साधारणसभा तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । संघका अध्यक्ष दिलिस गोबिन्द जोशीको सभाध्यक्षता तथा नेपाल ग्यास बिक्रेता महासंघका केन्द्रिय अध्यक्ष ज्ञानेश्वर अर्यालको प्रमुख आतिथ्यतामा शनिबार हेटौंडा–५ स्थित दक्षिणकाली मन्दिर नजिकैको परिसरमा वनभोज आयोजना भएको हो । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य...

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द परियारले जानकारी दिएका छन् । प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । ‘नेकपा एमालेको विरोधका कारण अघि बढ्न...

बागमती प्रदेशः मन्त्रालय टुक्र्याउँदा भवन र कर्मचारी अभाव

मकवानपुर । बागमती प्रदेशमा मन्त्रालय फुटाएर १४ वटा पुर्याइएपछि प्रशासनीक भवन र कर्मचारी अभाव देखा परेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गत मंसिर १५ गते दलीय भागबण्डा मिलाउन मन्त्रालय विभाजन गरी १४ पुर्याएका थिए । त्यसअघि नै निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर प्रदेशमा स्वास्थ्य मन्त्रालय थप...

सातामा १५ सयले बढ्यो सुनको भाउ

काठमाडौं । यस सातामा सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको भाउ प्रतितोला एक हजार ५०० रुयैयाँले बढेको जनाएको छ । गत साताको शुक्रबारदेखि यो साताको शुक्रबारसम्म सुनको मूल्यमा उक्त वृद्धि आएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला...

८ हजार जनाको परीक्षण गर्दा १८९ जनामा कोरोना पुष्टि

काठमाडौं । नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९९७ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा गरिएको पीसीआर विधिबाट १५८ र एन्टिजेन विधिबाट ३१...

हेटौंडाका दुई युवक प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुर प्रहरीले अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ स्थित सडकखण्डबाट ८८.६० क्युफिट सालको काठसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १२ बस्ने २४ वर्षीय सुशान लोप्चन र...