समाचार

मैत्रीपूर्ण फुटबलमा महिला अधिकारकर्मी विजयी

मकवानपुर । हेटौंडामा शनिबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा महिला अधिकारकर्मीको समूह विजयी भएको छ । मकवानपुरका पत्रकार महिला र महिला अधिकारकर्मीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा महिला अधिकारकर्मी १–० गोल अन्तरले विजयी भएको हो । अधिकारकर्मीको तर्फबाट मनिता दानिले निर्णायक गोल गरिन् । दानीले खेलको दोश्रो हाफमा गोल गरेकी हुन्...

समाजवादी प्रेस सङ्गठनको विशेष भेला पुस ५ मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपालले यही पुस ५ गते काठमाडौँमा विशेष भेला गर्ने भएको छ । उक्त भेलामा करीब ५०० जना सहभागी हुनेछन् । पार्टीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा हुने सो भेलामा गठबन्धनका शीर्ष नेताहरुले सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि प्रतिगमनको...

विवाहमा जान लागेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, कैयौँ घाइते

पाकिस्तान । पाक्स्तिानमा एक विवाहमा जान लागेको बस दुर्घटनाग्रस्त हुँदा बसमा सवार ९ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर अन्त कैयौँ व्यक्ति घाइते भएका छन् । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । शुक्रबार राति पञ्जाब प्रान्तको एक ग्रामीण सडकमा सो दुर्घटना भएको थियो । विवाहको भोजमा सहभागी हुन...

भिरबाट लडेर एक दम्पतीको मृत्यु

गुल्मी । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । भिरबाट लडेर मुसिकोट नगरपालिका वडा नम्बर १ सिम्ले निवासी २६ वर्षीय मनु सार्की र २५ वर्षीया ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुसिकोट नगरपालीका वडा नम्वर १ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट...

हेटौंडामा नेकपा एकीकृत समाजवादीको कार्यालय उद्घाटन

मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेशको पहिलो बैठक र कार्यालय उद्घाटन भएको छ । समितिको प्रथम बैठक, भेला तथा प्रशिक्षण हेटौंडामा भएको छ । बैठक तथा कार्यालय उद्घाटन नेकपा समाजवादी बागमती प्रदेशको ईन्चार्ज इन्द्रप्रसाद तिमल्सिनाका सभाध्यक्षता तथा केन्द्रिय संयोजक राजु कार्कीको प्रमुख आतिथ्यतामा भएको हो । आज...

आकाश र पूजाको रोमान्ससङ्गै पुष्प र गरिमाको पनि प्रेम झल्कियो (भिडियो सहित)

काठमाडौँ । अस्मिता अधिकारी र निशान भट्टराईको स्वर रहेको ‘किन होला’ सार्वजनिक भएको छ । मिठासपूर्ण शब्द गीतमा प्रयोग गर्दै आएका गीतकार बालकृष्ण न्यौपानेको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन छ । गीतको भिडियोमा सानो तथा ठुलो पर्दामा चलेको अनुहार अभिनेता आकाश श्रेष्ठ, पुष्प...

विद्यालयमै पुगेर बालबालिकालाई मोर्डना खोप लगाइने

महोत्तरी । कोरोनाको नयाँ भेरियन्ट देखापरेसँगै महोत्तरीमा कोरोनाविरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । महोत्तरीमा १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशोरकिशोरीलाई पुस ७ देखि ११ गते सम्म खोप लगाइने भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवका अनुसार सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउनेछ । त्यसका...

दुर्घटनामा हेटौंडाका वाईबाको मृत्यु

मकवानपुर । मकवानपुरको हेटौंडामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ फारलाइनलना गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने शक्ति वाईबा रहेका छन् । दुर्घटनामा...

कांग्रेस केन्द्रीय सदस्यको मतगणना १० बजेबाट

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनको आजदेखि केन्द्रीय सदस्य (खुला तर्फ ३५ जना) को मतगणना सुरु हुँदैछ । मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा हुन लागेको हो। कांग्रेस केन्द्रीय निर्वाचन समितिले उम्मेदवार आफू वा आफ्नो एक जना प्रतिनिधि मतगणना कार्यमा उपस्थित गराउन...

६७ देशबाट नेपाल आउने यात्रुले ७ दिन क्वारेन्टिन बस्नुपर्ने

काठमाडौँ । अफ्रिकी देशहरुबाट फैलिएको कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट तीव्र रुपमा फैलिन थालेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । स्वास्थ्य संवेदनशीलतालाई ख्याल गर्दै अध्यागमन विभागले ओमिक्रोन फैलिएका ६७ वटा मुलुकबाट नेपाल आउने यात्रुलाई ७ दिनसम्म अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने गरी नियम लागु गरिएको जनाएको छ । मन्त्रिपरिषद्को मंसिर १३ को...