भिरबाट लडेर एक दम्पतीको मृत्यु
गुल्मी । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । भिरबाट लडेर मुसिकोट नगरपालिका वडा नम्बर १ सिम्ले निवासी २६ वर्षीय मनु सार्की र २५ वर्षीया ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मुसिकोट नगरपालीका वडा नम्वर १ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए ।
स्थानीयले घाइते अवस्थामा रहेको भन्ने खबर प्रहरी चौकीमा जानकारी गराउना साथ प्रहरी सहायक निरीक्षक नवराज भट्टराईको कमाण्डमा खटिएको टोलीलले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल तम्घास पठाइएको थियो । उनीहरूको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, दुई जना बाङ्गे माइती जाने क्रममा भिरबाट लडेको थियो । मृतक २ जनाको शव गुल्मी अस्पतालमा राखिएको छ ।
