२४ घण्टामा २७४ जना कोरोना संक्रमित थपिए
काठमाडौं । नेपालमा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार १६ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा ७ हजार ६९१ जनाको पीसिआर परीक्षण र १ हजार ३२५ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो । सो समयावधिमा २७० जना संक्रमणमुक्त भएका छन् भने ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले देशभर ५ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म निको हुनेको दर ९७।९ प्रतिशत छ।
काठमाडौं उपत्यकामा १६१ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरमा ३० र भक्तपुरमा २० संक्रमित छन्।
