घुस रकमसहित वडा सचिव पक्राउ

तु खबर संवाददाता
२०७८ पुष २, शुक्रबार १६:५३

रुपन्देही । रुपन्देहीको भैरहवामा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा एक वडा सचिव पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–४ का वडा सचिव महोम्मद सिद्दीकी रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

शुक्रबार दिउँसो सेवाग्राहीसँग विवाह दर्ता सहज रुपमा गरिदिने भन्दै ३ हजार घुस लिँदै गर्दा उनलाई कार्यालयबाटै पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । आयोगका अनुसार उनलाई आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।