थप २८० जनामा संक्रमण पुष्टि, ६ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर २९, बुधबार १६:५२

काठमाडौं । नेपालमा थप २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ९ सय ९४ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ९ हजार २१२ जनाको पीसीरआर परीक्षणमा २५२ जना र २ हजार ७८२ एन्टिजेन परीक्षणमा २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३०० रहेको छ भने ६ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६३५ रहेको छ । पछिल्लो २४ घण्टामा फेला परेका संक्रमितमध्ये ११८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।