पार्टीलाई थप मजबुत र फराकिलो बनाउन सभापतिलाई साथ दिन्छौं : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गरेर अघि बढ्ने बताएका छन् । महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन शेखर कोइराला समूहले बुधबार आयोजना गरेको कार्यक्रममा महामन्त्रीका उम्मेदवार थापाले पार्टीलाई थप मजबुत, फराकिलो बनाउन सभापतिलाई साथ दिने र चुक्न खोज्दा संघर्ष गर्ने उनले बताएका हुन् ।
थापाले सभापति शेखर कोइरालाले चुनाव नजिते पनि ४० प्रतिशत मत पाएको उल्लेख गर्दै उनले त्यसको जिम्मेवारी लिएर चार वर्ष क्रियाशील हुन आग्रह गरे । उनले अघि भने, ‘हिजो गरेको गल्ती दोहोर्याउँदैनौं, भागशान्ति खोज्दैनौं ।’ पार्टीलाई विधि पद्धतिअनुसार सञ्चालन गर्न सभापति देउवालाई निरन्तर दबाव दिने थापाले बताए । उनले अघि भने, ‘सभापतिलाई हाम्रो सम्पूर्ण सहयोग रहन्छ, तर उहाँ पनि गुटको होइन, कांग्रेसको सभापति हुन सक्नुपर्छ ।’ अघिल्लो कार्यकालमा हाक्काहाक्की गुटको बैठक गरेको स्मरण गर्दै उनले यो पटक त्यसो नगर्न समेत सभापति देउवालाई आग्रह गरे ।
