प्रदेश २ को प्रदेशसभामा दुई अध्यादेश पेश
जनकपुरधाम । प्रदेश २ को प्रदेशसभामा दुई वटा अध्यादेश पेश भएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसदको विरोधका बाबजुल पनि प्रदेशसभा बैठकमा दुई वटा अध्यादेश पेश भएको हो । बैठकमा सामाजिक विकास मन्त्री नवलकिशोर साहले कृषि र विज्ञान प्रविधी विश्वविद्यालय सम्बन्धी अध्यादेश पेश गरेका हुन् ।
अध्यादेशको विरोध गर्दै लोकतान्त्रिक सभाजवादी पार्टीका सांसदले प्रदेशसभा बैठक अवरुद्ध पारेका थिए । लोसपा सांसदको अवरोधका कारण १५ मिनेटका लागि बैठक स्थगित गरेका सभामुख सरोजकुमार यादवले त्यसपछिको बैठकमा भने विरोधकै बीच अध्यादेश पेश गर्न दिए ।
लोसपा सांसद परमेश्वर साहले आफूहरुको विरोधका बाबजुद अध्यादेश पेश गरिएको बताए । चलिरहेको प्रदेश सभालाई बन्द गरी अध्यादेश ल्याएर सरकारले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको भन्दै उनले यसमा आफूहरुको विरोध रहिरहने बताए ।
