बुधबार ४ अंकले घट्यो नेप्से
काठमाडौं । साताको चौथो दिन बुधबार नेपाली शेयर बजार पुनः निरासजनक अवस्थामा फर्केको छ । मंगलबार १३७ अंक अर्थात ६ प्रतिशतले बढेको शेयरबजार आज फेरी ४ दशमलव २३ अंकले घट्न पुगेको हो ।
लगानीकर्ताहरुमा केही उत्साह थपिँदा आज शुन्य दशमलव १७ प्रतिशतले नेप्से परिसूचक घटेर २ हजार ४१४ दशमलव ६२ विन्दुमा कायम भएको हो । आज नेप्सेमा सूचिकृत २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७७ रुपैयाँको कारोबार भएको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये ८ उपसूचक बाहेकका सबै उपसूचक राताम्य भएका छन् । आज सर्वाधिक बढ्ने समूहमा विकास बैंक समूह रहेको छ । सो समूहको ०.९५ प्रतिशत अंकले बढेको हो । त्यस्तै, सर्वाधिक घट्ने समूहमा रुपैयाँका आधारमा होटल तथा पर्यटन समूह रहेको छ । सो समूहको ५३ रुपैयाँ २८ पैसाले घटेको हो । त्यस्तै, आज सर्वाधिक कारोबार हुने कम्पनीमा महालक्ष्मी विकास बैंक रहेको छ भने विव्यशोही हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
