समाचार

बागमती प्रदेश सरकार किसानको पक्षमा छ : मन्त्री हुमागाईँ

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाईँले प्रदेश सरकार किसानको हितको पक्षमा रहेको बताएका छन् । मन्त्री हुमागाईँले विन्दाबासिनी मिडिया प्रालिद्वारा संचालित रेडियो थाहासञ्चार ९९.६ हेटौंडाको १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन्...

दुर्घटनामा एक जनाको मृत्यु

रुकुम । रुकुमा मंगलबार साँझ भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । मंगलबार बेलुकी करिब ६ बजेको समयमा भूमेबाट रुकुम कोटतर्फ आउँदै गरेको रा १ च ३२४५ नम्वरको ट्याक्र भूमे गाउँपालिका–४ करालबगरमा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा...

‘गो ब्याक एमसीसी’ भन्दै हेटौंडामा प्रदर्शन

मकवानपुर । एमसीसीको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन जारी छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका भातृ संगठनहरुले राष्ट्रघाती एमसीसी हामीलाई चाँहिदैन, , गो ब्याक एमसीसीलगायत नारासहित प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी पास गर्न नहुनेभन्दै हेटौंडा बजार क्षेत्रमा विरोध र्‍यालीसहित नाराबाजी गरेका हुन्...

प्र्यांक गरेको आरोप युट्युबर आकाश सेडाई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक स्थलहरूमा मजाक, ख्यालठट्टा तथा प्र्यांक गरेर सर्वसाधारण व्यक्तिहरुलाई शारीरिक तथा मानसिक रुपमा सास्ती दिएको आरोपमा युटुबर आकाश सेडाईलाई पक्राउ गरेको छ । युट्युबमा च्यानल खोलेर गोप्य रुपमा प्र्यांक गरेको भिडियो खिचेर अपलोड गरेको भन्दै साइबर अपराध ब्यूरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति...

प्रतिनिधिसभा बैठक ६ गतेसम्मको लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक फागुन ६ गतेसम्मको लागि स्थगित भएको छ । आज बसेको बैठकमा सभामुख सापकोटाले फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए । बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद...

विप्लव समूहका जिल्ला सदस्यसहित ९ जना पक्राउ

बुटवल । प्रहरीले एमसीसी खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विप्लव समूहको जिल्ला सदस्यसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुटवल बसपार्कबाट विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु नेकपा (क्रान्तिकारी माओवादी)का नेता प्रेम सुवेदीसहित ९ जनालाई गिरफ्तार गरेको हो । प्रहरीले विप्लव समूहको युवा संगठन नेपालका केन्द्रीय...

स्थानीय निर्वाचनः उम्मेदवारले १३ दिन मात्रै प्रचार गर्न पाउने

काठमाडौँ । आगामी बैशाख ३० गतेको लागि तय भएको स्थानीय निर्वाचनमा उम्मेदवारहरुले १३ दिनमात्रै चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ भने दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ...

प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमालेको नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नाराबाजी सुरु गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी गराउनसाथ एमालेका सांसदहरूले नाराबाजी गरेका हुन् । उनीहरूले संसदीय सर्वोच्चता कायम गर, संसदीय मर्यादा कायम गरलगायतका नारा लगाउँदै बैठक अवरुद्ध पारिरहेका छन् । पार्टीले कारबाही गरेका...

एमसीसीबारे माओवादी संसदीय दलको ३ निर्णय

मकवानपुर । नेकपा माओवादी केन्द्र जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने भएको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले एमसीसीको विषयमा राष्ट्रिय सहमति नजुटिकन अघि बढाउन नहुने निश्कर्षसमेत निकालेको छ । संशोधन बिना एमसीसी पास नगर्ने, राष्ट्रिय हित विपरीतका बुँदाहरु संशोधन हुनैपर्ने,...

प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिने

काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचि तय भएको छ । प्रतिनिधिसभाको बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यसअघि सार्वजनिक भएको सम्भावित कार्यसूचि अनुसार नै बैठक अघि बढाउन सुझाव दिएपछि आजको बैठकमा अन्य विषयमाथि छलफल नहुने भएको हो । बैठकमा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले...