विप्लव समूहका जिल्ला सदस्यसहित ९ जना पक्राउ
बुटवल । प्रहरीले एमसीसी खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विप्लव समूहको जिल्ला सदस्यसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले बुटवल बसपार्कबाट विप्लव नेतृत्वको नेकपा रुपन्देहीका जिल्ला सदस्य नवीन थारु नेकपा (क्रान्तिकारी माओवादी)का नेता प्रेम सुवेदीसहित ९ जनालाई गिरफ्तार गरेको हो ।
प्रहरीले विप्लव समूहको युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारु, नेकपा क्रान्तिकारी माओवादीका प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शशी विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई पनि पक्राउ गरेको छ । उनीहरूलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
