‘गो ब्याक एमसीसी’ भन्दै हेटौंडामा प्रदर्शन
मकवानपुर । एमसीसीको विरोधमा बागमती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन जारी छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका भातृ संगठनहरुले राष्ट्रघाती एमसीसी हामीलाई चाँहिदैन, , गो ब्याक एमसीसीलगायत नारासहित प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी पास गर्न नहुनेभन्दै हेटौंडा बजार क्षेत्रमा विरोध र्यालीसहित नाराबाजी गरेका हुन् ।
सरकारले सदनमा एमसीसी टेवल गर्ने तयारी गरेसँगै सत्तारुढ दलका भ्रातृ संगठनहरु पनि सडकमा उत्रिएका हुन् । माओवादी र नेकपा एकीकृत समाजवादीले देशव्यापी रुपमा एमसीसीको विरोध गरिरहेको छ । केही जिल्लाहरुमा राप्रपाले पनि प्रदर्शन गरिरहेको छ ।
