एमसीसीबारे माओवादी संसदीय दलको ३ निर्णय
मकवानपुर । नेकपा माओवादी केन्द्र जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने भएको छ । बुधबार बसेको माओवादी संसदीय दलको बैठकले एमसीसीको विषयमा राष्ट्रिय सहमति नजुटिकन अघि बढाउन नहुने निश्कर्षसमेत निकालेको छ ।
संशोधन बिना एमसीसी पास नगर्ने, राष्ट्रिय हित विपरीतका बुँदाहरु संशोधन हुनैपर्ने, राष्ट्रिय सहमति र गठबन्धनबीच सहमति हुनैपर्ने र पहिले संसद खुल्नुपर्ने माओवादीको अडान छ । बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले एमसीसीका कतिपय बुँदाहरु राष्ट्रिय हित प्रतिकूल रहेको भन्दै त्यसलाई परिमार्जन नगरी माओवादीले कुनै पनि हालतमा समर्थन नजनाउने अडान सुनाएका थिए । परिमार्जन बिना राष्ट्रिय सहमति नजुटाइ जबरजस्ती संसदमा टेबल गरिए जुनसुकै परिस्थितिको सामना गर्न तयार रहन समेत प्रचण्डले आफ्ना सांसदलाई निर्देशन दिएका छन् ।
