समाचार

लागूऔषध नाइट्रोभेटसहित हेटौंडाबाट चार जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित राटोमाटेबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन कालिका नगरपालिका वडा नम्वर ८ बस्ने २१ वर्षीय उत्सव भन्ने एन्जल गुरुङ, १८ वर्षीय निश्चल परियार, भरतपुर महानगरपालिका वडा नम्वर १६ बस्ने ३३...

बागमती प्रदेशका ६९.७६ प्रतिशत भेडा बाख्रामा लगाइयो पिपिआर विरुद्ध खोप

मकवानपुर । बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने पिपिआर रोगविरुद्ध सप्ताहव्यापी रुपमा खोप अभियान संचालन गरेको छ । गत माघ २५ गतेदेखि फागुन २ गतेसम्म अभियान संचालन गरी प्रदेशको ६९.७६ प्रतिशत भेडाबाख्रामा खोप लगाइएको मन्त्रालयका प्रवक्ता राजन ढकालले जानकारी दिएका छन् । प्रदेशका १३ वटै जिल्लाको...

बागमती प्रदेशः फागुन १६ गते प्रदेशसभा बैठक बस्ने

मकवानपुर । बागमती प्रदेशसभाको ९ औँ अधिवेशन बैठक आउँदो फागुन १६ गते बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन् । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज बसेको सर्वदलीय बैठकबाट आउँदो फागुन १६ गते दिनको १ बजे प्रदेशसभा बैठक बस्ने सहमति भएको उनले बताए । सचिव खड्काका अनुसार...

हेटौंडाबाट दुई भारतीय नागरिक पक्राउ

मकवानपुर । प्रहरीले हेटौंडाबाट लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिंहार रक्सौल पुर्वी चम्पारण बस्ने ३० वर्षीय अरविन्द कुमार पाण्डे र २६ वर्षीय अमिता साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, मंगलबार हेटौंडा–१५ रातोमाटे चेकपोष्ट...

बागमतीका प्रदेश प्रमुख शर्माको बुधबार मुटुको शल्यक्रिया, आइतबार डिस्चार्ज हुने

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माको बुधबार मुटुको शल्यक्रिया भएको छ । उनी मंगलबार शहिद गंगालाल ह्रृदय रोग प्रतिष्ठान बाँसबारीमा भर्ना भएका थिए । उनको मुटुमा ८ वर्ष अगाडि राखिएको पेस मेकर परिवर्तन गर्न शल्यक्रिया गरिएको शर्माका प्रमुख स्वकीय सचिव पारमणी फुयालले जानकारी दिएका छन् । मुटुमा...

इमर्जिङ्ग नेपालकोे आइपिओ बाँडफाड, यी चार वटा साइटबाट हेर्न सकिने

काठमाडौं । इमर्जिङ्ग नेपालकोे आइपीओको बाँडफाड भएको छ । कम्पनीको आइपीओ बुधबार दिउँसो बाँडफाड सम्पन्न  भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटले जानकारी दिएको छ । बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार, उक्त आईपीओको नतिजा विभिन्न चार वटा वेइभसाइटबाट हेर्नु सकिनेछ । आइपीओको नतिजा कम्पनीको वेबसाइट https://emergingnep.com/, बिक्री प्रबन्धकको वेबसाइट...

एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका ९२ जना पक्राउ

काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार, उक्त प्रदर्शनमा झडप हुँदा...

पछिल्लो २४ घण्टामा १६०० जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । सो अवधिमा देशभर १ हजार ६०० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा देशभर ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ...

राप्रपाको विद्यार्थी संगठनका अध्यक्षसहित तीन जना पक्राउ

काठमाडौं । राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका तीन जना पक्राउ परेका छन् । एमसीसी खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका राप्रपा विद्यार्थी संगठनका अध्यक्षसहित तीन जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा संगठनका अध्यक्ष धनसुर शाही, कोषाध्यक्ष मदन शाही र पब्लिक युथ क्याम्पस इकाइ अध्यक्ष सुजन पुलामी रहेका...

आज नेप्से परिसूचक १९ अंकले घट्यो

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजारमा गिरावट आएको छ । मंगलबार ५३ अंकले बढेको नेप्से बुधबार १९ अंकले घटेको हो । आज नेप्से १९ दशमलव ८४ अंकले घटेर २ हजार ७३४ दशमलव ४४ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको ५६ लाख ५२ हजार १८२...