राप्रपाको विद्यार्थी संगठनका अध्यक्षसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १६:१७
सांकेतिक तस्बिर

काठमाडौं । राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका तीन जना पक्राउ परेका छन् । एमसीसी खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका राप्रपा विद्यार्थी संगठनका अध्यक्षसहित तीन जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा संगठनका अध्यक्ष धनसुर शाही, कोषाध्यक्ष मदन शाही र पब्लिक युथ क्याम्पस इकाइ अध्यक्ष सुजन पुलामी रहेका छन् । उनीहरु बानेश्वर क्षेत्रबाट पक्राउ परेको राप्रपाका प्रवक्ता सगुन लावतीले जानकारी दिए । यसअघि प्रहरीले बुटवलबाट एमसीसी खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका विप्लव समूहको जिल्ला सदस्यसहित ९ जनालाई पक्राउ गरेको थियो ।