समाचार
मकवानपुरमा थपिए ४ कोरोना संक्रमित, भए ७ जना संक्रमणमुक्त
मकवानपुर । मकवानपुरमा थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, २२ जनाको पीसीआर परीक्षण गर्दा ३ जना ३० जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा...
हेटौंडाका बस्नेतसहित ३ जना पक्राउ
काठमाडौं । काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भोजपुरको आम्चु गाउँपालिका–९ बस्ने १९ वर्षीय अंकित मगर, सर्लाहीको कबलासी नगरपालिका–३ बस्ने १९ वर्षीय जितेन्द्रर यादव र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ बस्ने २४ वर्षीय धिरज बस्नेत रहेका छन् । उनीहरुलाई बुधबार बिहान नागढुङ्गास्थित चेक...
आज नेप्सेमा सामान्य गिरावट
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा बिहिबार नेप्सेमा गिरावट आएको हो । अघिल्लो दिन १९ अंकले घटेको शेयर बजार आज १.९३ अंकले घटेर २ हजार ७३२.५२ विन्दुमा पुगेको छ । नेप्समा सूचीकृत २२७ कम्पनीको ४० लाख १७ हजार ४२९...
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच छलफल
मकवानपुर । सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एमसीसीबारे छुट्टै छलफल गरेका छन् । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो । अमेरिकी सहयोग...
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता
काठमाडौं । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ । आयोगमा ‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको हो । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई आयोगले बिहिबार दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र...
कांग्रेस मकवानपुरको अधिवेशन फागुन १५ गते हुने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फागुन १५ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको मकवानपुरसहित १३ जिल्लाको अधिवेशन दुई दिनपछि सारेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन,...
सुनको भाउ बढ्यो
काठमाडौँ । विहिबार सुनको भाउ फेरि बढेको छ । हिजो एकैदिन प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि १ हजार रुपैयाँले बढेको हो । प्रतितोला १ हजार रुपैयाँ बढेसँगै सुनको छापावाल मूल्य ९६ हजार १ सय रुपैयाँ पुगेको छ । यस्तै, आज तेजाबी सुनको मूल्य...
केपी ओलीमाथि कारवाहीको माग गर्दै अख्तियारमा उजुरी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कारवाहीको माग गर्दै नेकपा एकीकृत समाजवादी पार्टीको भागृ संगठन अनेरास्ववियुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिएको छ । विहिबार आयोगको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानविनको माग...
धनगढीमा सवारी दुर्घटना, एक जनाको मृत्यु
धनगढी । कैलालीको धनगढी उपमहानगरपालीका–१३ राजपुरमा बुधबार बेलुकी मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा कैलालीकै गोदवारी नगरपालिका वडा नम्वर ५ निवासी ३१ बर्षीय दल बहादुर भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको...
धरानको जंगलमा झोलाभित्र भेटियो मृत शरीर
काठमाडौँ । सुनसरी जिल्लाको धरान उपमहानगरपालिका वडा नम्वर ४ स्थित जंगलमा भोलाभित्र मानिसको मृत शरिर फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुधबार मानिसको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा आज शरीर पनि फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शंकास्पद...









