समाचार
सरकारले तीन जना एआईजीपीको दरबन्दी थप्ने
काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीन वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरीमा तीन वटा विशिष्ट श्रेणीको दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । थप भएको दरबन्दीमा बढुवाका लागि घनश्याम अर्याल, प्रकाशजंग कार्की, वसन्तकुमार पन्त, ईश्वरबाबु...
एमसीसीबारे निष्कर्ष निकाल्न सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँचदलीय गठबन्धन सुरु भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे अन्मित निश्कर्ष निकाल्न गठबन्धनको बैठक बसेको जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने अडानका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी...
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल
काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले हमाललाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल संयोजकत्वको छनोट समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले हमालसँगै नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी...
चरिकोट अस्पताललाई पशुपति चौलागाईं स्मृति अस्पताल नामाकरण गरिने
मकवानपुर । बागमती प्रदेश सरकारको विहिबार बसेको बैठकले दोलखा जिल्लाको सदरमुकाम चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाईं स्मृति अस्पताल नामाकरण गर्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको थियो । उनको स्मृतिमा अस्पतालको नाम परिवर्तन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा...
थप ५७० जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप देशभर ९ हजार ७८९ नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ७ हजार २८ जनानाको पीसीआर परीक्षण गर्दा ३६४ र दुई हजार...
बागमती प्रदेशः शीत भण्डार संचालन सम्बन्धि कार्यविधि पास गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारको विहिबार बसेको बैठकले प्रदेशको विभिन्न जिल्लामा निर्माण गरिएको शीत भण्डार सञ्चालन सम्बन्धि कार्यविधि पास गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरेर निर्माण गरेको ९ वटा शीत भण्डार अब छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला...
मनहरीका ७० परिवारलाई न्यानो कपडा वितरण
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ का ७० घरपरिवारलाई न्यानो कपडा विरतण गरिएको छ । कांग्रेस मनहरी–२ ले कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ (ख) का सभापति रन्जन कालाखेतीको समन्वय र नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको आर्थिक सहयोगमा बिहिबार ७० घरपरिवारलाई न्यानो कपडा वितरण गरेको हो...
कार्यकारी उपाध्यक्षबाट पदमुक्त भएका चौलागाईंले भने – सरकारको निर्णय विरुद्ध सर्वोच्च जान्छु
मकवानपुर । बागमती प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट विहिबार पदमुक्त भएका सन्तोष चौलागाईँले आफुलाई राजनीतिक पूर्वाग्रह राखेर बर्खास्त गरिएको भन्दै आपत्ती जनाएका छन् । उनले आफुमाथि सरकारले अन्यायपूर्ण निर्णय गरेको भन्दै त्यसको विरुद्ध सर्वोच्च अदालत जाने प्रतिक्रिया दिए । उनले भने, ‘मैले परिषद्को गरिमालाई ध्यानमा राखी क्षेत्राधिकार भित्रै रहेर...
रेडियो थाहाको आयोजनामा वत्तृत्वकला प्रतियोगिता
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित रेडियो थाहासञ्चार ९९.६ मेघाहर्जको आयोजनामा बिहिबार मावि स्तरीय वत्तृत्वकला प्रतियोगिता भएको छ । विन्दाबासिनी मिडिया प्रालिद्वारा संचालित उक्त रेडियोले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तरगत आज पाँचौ दिन वत्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो । ‘सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी...
बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईं बर्खास्त
मकवानपुर । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँ पदमुक्त भएका छन् । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नदिएको भन्दै चौलागाईँलाई बर्खास्त गरेको हो । त्यस्तै उनले पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको,...









