मनहरीका ७० परिवारलाई न्यानो कपडा वितरण
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ का ७० घरपरिवारलाई न्यानो कपडा विरतण गरिएको छ । कांग्रेस मनहरी–२ ले कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ (ख) का सभापति रन्जन कालाखेतीको समन्वय र नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको आर्थिक सहयोगमा बिहिबार ७० घरपरिवारलाई न्यानो कपडा वितरण गरेको हो ।
कांग्रेसले मनहरी–२ को भिमान, ट्याङ्किदमार, सर्सिधाप, गोगनघारिको विपन्न परिवारलाई न्यानो कपडा विरतण गरेको हो । कांग्रेस मनहरी–२ का सभापति प्रेम गोङ्बाको सभाध्यक्षमा भएको कार्यक्रममा क्षेत्रिय सभापति कालाखेतिको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रिय कोषाध्यक्ष रघुनाथ खतिवडाको विशेष आतिथ्यता रहेको थियो भने कांग्रेस मनहरी गाउँपालिकाका सह–सचिव चट्टान स्याङ्तान, कांग्रेस मनहरी–२ का उपसभापति शान्ति थिङ, करण डिम्डुङ, क्षेत्रिय प्रतिनिधि चन्द्रबहादुर मोक्तानलगायतको उपस्थिति रहेको थियो ।
