समाचार
यस्तो छ मन्त्रिपरिषद् बैठकको निर्णय
काठमाडौं । संघीय सरकारका प्रवक्ता तथा संचार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका छन् । प्रवक्ता कार्कीले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक गरेका हुन् । सरकारले दुई स्थानलाई बर्डफ्लू प्रभावित क्षेत्र घोषणा गरेको छ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ३ स्थित गोविन्द मगरले...
प्रहरी भर्ना रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर
जनकपुरधाम । संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । संघीय सरकारले प्रहरी समायोजन गर्न अनिच्छा देखाएको तथा प्रदेश सरकारको कार्यक्षेत्रमा रहेका अधिकारलाई वञ्चित गर्दै प्रहरी भर्ना गर्न लागेको भन्दै मधेश प्रदेश सरकारले संघीय सरकारका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको...
दुर्घटनामा पूर्वप्रहरी निरीक्षक सिक्देलको मृत्यु
काठमाडौं । धादिङको सदरमुकाम धादिङबेसी जोड्ने कालु पाँडे राजमार्गमा शुक्रबार बिहान मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वप्रहरी निरीक्षक (इन्सपेक्टर) मुक्ति सिक्देल रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बा.अ.३४ प ५०५२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । उनी...
मकवानपुरमा शुक्रबार ५ जनामा कोरोना पुष्टि
मकवानपुर । मकवानपुरमा थप ५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १५ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा र १० जनाको एन्टिजेन परीक्षण...
माओवादी केन्द्रको बैठक पुनः स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पुनः स्थगित भएको छ । फागुन ८ र ९ गतेलाई बोलाइएको माओवादी केन्द्रीय कमिटीको बैठक फागुन २० गतेसम्मका लागि स्थगित भएको हो । विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।
बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ
दाङ । बाँकेको नेपालजञ्जस्थित राष्ट्रिय बाणिज्य बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–९ का २६ वर्षीय सन्जु विक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनलाई बैंकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी भागेको अवस्थामा खुकुरीसहित...
ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश
काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाही राप्रपामा प्रवेश गरेका छन् । शाही शुक्रबार राप्रपाको पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा राप्रपामा प्रवेश गरेका हुन् । उनलाई राप्रपाका अध्यक्ष राजेन्द्रले पार्टीमा स्वागत गरेका हुन् । सोही अवसरमा शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानको सिंगो कमिटी समेत राप्रपामा समाहित भएको...
८ दलीय मोर्चाद्वारा हेटौंडामा एमसीसी विरुद्ध प्रदर्शन
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शन गरिएको छ । एमसीसी विरुद्धको संयुक्त मोर्चा मकवानपुरले एमसीसी चाँहिदैन, गो ब्याक एमसीसी, राष्ट्रघाती एमसीसी हामिलाई चाहिँदैनलगायतको नारा लगाउँदै हेटौंडा बजार परिक्रमा गरेको हो । प्रदर्शनमा एमसीसी विरुद्धको संयुक्त मोर्चा लेखिएको कालो ब्यानर प्रयोग गरिएको...
एक युवती मृत अवस्थामा फेला
काठमाडौं । भक्तपुर नगरकोटको सम्शेर टोलमा एक युवती आफ्नै घरमा मृत फेला परेकी छन् । स्थानीय २२ वर्षीया सूर्यमाया तामाङ जस्ताको छानो भएको घरको बलोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् । भक्तपुर प्रहरीका अनुसार, उनी बिहीबार अपराह्न साढे ४ बजे मृत अवस्था फेला परेकी हुन् । उनको घाँटीमा...
ढुंगेअड्डामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज
काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा आज (शुक्रबार) बिहान फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई नेपाली सेनाको विशेष टोलीले डिस्पोज गरेको हो । शुक्रबार बिहान कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो ।...










