एक युवती मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७८ फाल्गुन ६, शुक्रबार १०:१५
सांकेतिक तस्वीर

काठमाडौं । भक्तपुर नगरकोटको सम्शेर टोलमा एक युवती आफ्नै घरमा मृत फेला परेकी छन् । स्थानीय २२ वर्षीया सूर्यमाया तामाङ जस्ताको छानो भएको घरको बलोमा झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

भक्तपुर प्रहरीका अनुसार, उनी बिहीबार अपराह्न साढे ४ बजे मृत अवस्था फेला परेकी हुन् । उनको घाँटीमा खादाको पासो लगाएको देखिएको भक्तपुरका प्रहरीका सूचना अधिकारी राजु पाण्डेले जानकारी दिए । उनका अनुसार, उक्त घटनाको विषयमा आवशयक अनुसन्धान भइरहेको छ ।