ढुंगेअड्डामा शंकास्पद वस्तु फेला, सेनाद्वारा डिस्पोज

तु खबर संवाददाता
२०७८ फाल्गुन ६, शुक्रबार १०:०२

काठमाडौं । काठमाडौंको ढुंगेअड्डामा आज (शुक्रबार) बिहान फेला परेको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई नेपाली सेनाको विशेष टोलीले डिस्पोज गरेको हो ।

शुक्रबार बिहान कालिका पेट्रोल पम्प नजिकै प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको थियो । जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज गर्दा एउटामा नुनजस्तो पदार्थ र एउटा खाली पाइएको प्रहरीले जनाएको छ ।