समाचार
हत्या आरोपमा दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको किर्तिपुरमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ४५ वर्षका शंकर महर्जन र ४० वर्षीय कृष्ण कृष्ण महर्जन रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुले बिहिबार साँझ आफ्नै बुवा ६५ वर्षीय न्हुच्छे नारायण महर्जनलाई प्रेशर कुकर र लोहोरोले...
थाहा नगरका कृषकलाई अनुदानमा मिनिटिलर वितरण
मकवानपुर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई मकवानपुरको आयोजनामा थाहा नगरका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरिएको छ । विहिबार एक कार्यक्रमबीच थाहा नगरमा ३६ वटा मिनिटिलर वितरण गरिएको हो । कृषि सहकारी, कृषक समुह तथा व्यक्तिगत कृषि फर्ममा आवद्ध कृषकहरुलाई अनुदानमा मिनिटिलर वितरण गरिएको हो...
सचेत नागरिक समूहद्वारा पुनर्स्थापना केन्द्रलाई सहयोग
मकवानपुर । लागूऔषध दुर्व्यसनहरुको पुनर्स्थापना कार्य गर्दै आएको हेटौंडा–११ स्थित विज्डम ट्रिटमेन्ट एण्ड रिह्याविलिटेसन सेन्टरलाई वाटर डिस्पेन्सर सहयोग गरिएको छ । सचेत नागरिक युवा समूह मकवानपुरका पदाधिकारीले बिहीबार पुनर्स्थापना केन्द्रमा पुगेर वाटर डिस्पेन्सर सहयोग गरेको हो । विद्युत जडित डिस्पेन्सरको उपलब्धताले पुनर्स्थापना केन्द्रले तातो–चिसो पानी पिउन सहज हुनेछ ।...
एमसीसीविरुद्ध विप्लव समूहसहित ८ दलीय मोर्चाले देशभर प्रदर्शन गर्दै
काठमाडौँ । अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध ८ दलीय मोर्चाले आज देशैभर संयुक्त प्रदर्शन गर्दैछन् । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वका नेकपा, क्रान्तिकारी माओवादी, मसाल, राष्ट्रिय जनमोर्चा, वैज्ञानिक समाजवादी पार्टी लगायत ८ दलीय मोर्चाले प्रदर्शन गरिरहेका हुन् । काठमाडौँको माइतीघरदेखि नयाँ बानेश्वर संसद् भवन अगाडिसम्म प्रदर्शन गर्ने कार्यक्रम...
कार्यव्यवस्था परामर्श समितिको बैठक ११ बजे
काठमाडौँ । प्रतिनिधिसभा बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । गठबन्धन दलमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे रहेको विवादका बीच आज प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भए पनि एमसिसी कार्यसूचीमा छैन । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन...
१ बजे प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी बारे छलफल हुँदै
मकवानपुर । शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसको बैठक बस्ने भएको छ । बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली...
करेन्ट लागेर दाजुभाइको मृत्यु
पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लागेर दाजुभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बिहीबार साँझ करिब ७ बजेको समयमा तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको...
आज १ बजे प्रतिनिधिसभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने चासोको विषय बनेको छ...
खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष लामा पदमुक्त
मकवानपुर । जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा पदमुक्त भएका छन् । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद नियमावली संशोधन गरेसँगै लामा पदमुक्त भएका हुन् । प्रदेश सरकारले जिल्ला खेलकुद विकास समिति अध्यक्षको पधावधी २ वर्षमात्रै कायम गर्ने निर्णय गरेपछि उनी पदमुक्त भएका हुन् । ‘अघिल्लो सरकारले...
निर्वाचन आयोग : ३ वटा नयाँ दल दर्ता, कुल संख्या १०६ पुग्यो
काठमाडौं । निर्वाचन आयोगमा बिहिबार थप ३ वटा नयाँ दल दर्ता भएको छ । बिहिबार जनता प्रगतिशील पार्टी नेपाल, सामाजिक एकता पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी तीनवटा नयाँ राजनीतिक दल दर्ता भएको आयोगले जनाएको छ । यससँगै हालसम्म दर्ता हुने राजनीतिक दलको संख्या १०६ पुगेको छ । नेपालको...









